arrow

युरिया मल नपाएको भन्दै पाकिस्तानमा किसानहरूको प्रदर्शन

logo
एजेन्सी,
प्रकाशित २०७८ पुष २८ बुधबार
pakistan-farmer.jpg
फाइल तस्बिर

इस्लामावाद। किसानहरूले सरकारले समयमा युरिया मल उपलब्ध नगराएको भन्दै प्रदर्शन गरेका छन्। पिरमहलका किसानहरूले विरोध प्रदर्शन गर्नुका साथै फैसलाजदा मुल्तान सडक पनि अवरुद्ध गरेका छन्।

प्रदर्शनकारीले रेलवे लेभल क्रसिङ पनि बन्द गरेका छन्। खेतीको समयमा युरिया मल उपलब्ध हुन नसकेका कारण मल व्यवसायी र बिक्रेताहरू पनि समस्यामा परेका छन्।

आन्दोलनका कारण फैसलाबाद–मुल्तान सडकमा एक घण्टाभन्दा बढी समयसम्म सवारी जाम भएको थियो।

सरकारले तोकेको मूल्यमा मलको झोला बिक्री गर्ने अधिकारीले पिरमहल अन्न बजारमा पुग्न आग्रह गरे पनि घण्टौँसम्म लामो लाइनमा उभिएर बसेको तर मल नपाएको किसानहरूले सञ्चारमाध्यमलाई बताए।

उनीहरूलाई पछि व्यापारीहरूले आफ्नो हडताल अन्त्य गर्न र मल बेच्न अस्वीकार गरेको जानकारी दिए। यसपछि किसानहरूले फैसलावाद–मुलतान सडकमा आवागमन ठप्प पारेर विरोध प्रदर्शन गर्न बाध्य भएका हुन्।

बुधवारदेखि कृषि विभागका सहायक निर्देशक र तहसील प्रशासनका अधिकारीले तोकिएको मूल्यमा मल उपलब्ध गराउने आश्वासन दिएपछि किसानले आन्दोलन रोकेका थिए।

युरिया मल अभावको विरोधमा गत पुस २३ गते पनि किसानले रेलमार्ग अवरुद्ध गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ