arrow

जमिन मुनिका विस्फोटक पदार्थ पत्ता लगाउने 'गोल्ड मेडल' पाएको मुसाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २८ बुधबार
magawa.jpg

काठमाडौं । कम्बोडियामा जमिनु मुनि गाडिएका १०० भन्दा बढी ल्यान्डमाइन विस्फोटक पदार्थ पत्ता लगाएको मुसाको मृत्यु भएको छ । गत वर्षको जुनमा अवकाश पाएको मुसाको सप्ताहान्तमा मृत्यु भएको जानकारी मंगलबार अन्तर्राष्ट्रिय गैर नाफामुखी संस्था एपीओपीओले जानकारी दिएको हो ।

वर्षौँका गृहयुद्धमा कम्बोडियामा थुप्रै ठाउँमा जमिन मुनि ल्यान्डमाइन र विस्फोटक पदार्थहरू राखिएका थिए । अझै पनि ती विस्फोट हुँदा मानिसहरूको मृत्यु हुने एवं घाइते हुने गरेका छन् ।

झन्डै १ हजार वर्ग किलोमिटर जति जमिनमा अझै यस्ता विस्फोटक पदार्थ रहेको बताइन्छ । मागावा नाम दिइएको यो मुसाले जमिन मुनि गाडिएका यस्ता विस्फोट पदार्थ पत्ता लगाउँथ्यो ।

२०२० मा युकेमा रहेको पिपुल्स डिस्पेन्सरी फर सिक एनिमल्सले जीवन बचाउने बहादुरी र कर्तव्यप्रति समर्पणको लागि मागावालाई स्वर्ण पदकले सम्मान गरेको थियो । यस्तो पुरस्कार पाउने पहिलो मुसा मागावा हो । तान्जेनियामा जन्मिएको यो मुसालाई एपीओपीओले तालिम दिएपछि कम्बोडिया ल्याइएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ