arrow

कार बम विस्फोटमा १० जनाको मृत्यु

logo
सिन्ह्वा,
प्रकाशित २०७८ पुष २८ बुधबार
car-bomb-somalia.jpg

मोगादिशु । सोमालियाको राजधानी मोगादिशुमा बुधबार भएको आत्मघाती कार बम विस्फोटमा परी पाँच सैनिकसहित कम्तीमा दश जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । घटनामा अन्य नौ जना घाइते भएको अधिकारीहरूले बताएका छन् ।

बानादिर क्षेत्रका उप–गभर्नर अली अब्दी वार्डेयरले घटनाबारे भने, “एक आत्मघाती बम आक्रमणकारीले अन्तरराष्ट्रिय विमानस्थल नजिकै सैनिक समूहलाई लक्षित गरी गरेको हुनसक्ने आक्रमणमा पाँच सैनिकसहित १० जनाको मृत्यु भएको छ । अन्य केही घाइते भएका छन् । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।”

मोगादिशुको ‘२१ अक्टूबर रोड’मा कारलाई सेनाको गाडीसँग ठक्कर दिई विस्फोट गराइएको उनले बताए ।

वार्डेयरले घटनास्थलमा सञ्चारकर्मीसँग भने, “हामीलाई घटनाबारे अहिले थप जानकारी भएको छैन । आक्रमणको निशाना कसलाई बनाइएको हो भन्नेबारे अनुसन्धान सुरू गरिएकोले यसबारे थप जानकारी छिट्टै सार्वजनिक गरिनेछ ।” 

घटनास्थलमा खिचिएका दृश्यहरूमा कालो धुवाँ निस्किरहेको देख्न सकिन्छ । प्रत्यक्षदर्शीले केही गाडीहरू आगोले जलेका बताएका छन् ।   उप गभर्नरले अल–शाबाब आतंकवादीहरू यस आक्रमणको पछाडि रहेको बताएका छन् ।

प्रहरीले उनीहरूलाई पछ्याइरहेको छ र आक्रमणको उद्देश्य स्थापित गर्न पनि जाँच शुरु भएको छ । 

यसैबीच अल–शाबाबले यस आक्रमणको लागि आफ्नो समूह जिम्मेवार भएको दाबी गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ