arrow

महामारीको पहिलो लकडाउनमा रक्सी पार्टीमा उपस्थित भएको बोरिस जोनसनको स्वीकारोक्ति

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २८ बुधबार
boris-johnson2.jpg
तस्बिर– फाइल

काठमाडौं । बेलायतका राष्ट्रपति बोरिस जोनसनले कोरोना भाइरसको महामारी सुरु भएपछि बेलायतमा भएको पहिलो कडा लकडाउनका बेला रक्सी पार्टीमा सहभागी भएको स्वीकार गर्दै माफी मागेका छन् ।

सन् २०२० को मेमा डाउनिंग स्ट्रिटको नम्बर १० गार्डेनमा एक रक्सी पार्टी आयोजना भएको र त्यसमा मन्त्रीहरुसहित ३० उच्च सरकारी नेता एवं अधिकारी सहभागी भएको कुरा केही दिनयता बेलायतमा ठूलो मुद्दा बनेको थियो । प्रत्यक्षदर्शीले प्रधानमन्त्री र उनकी पत्नी पनि त्यो पार्टीमा सहभागी भएको बताएका थिए ।

यसअघि प्रधानमन्त्री जोनसनले यो कुरामाथि कुनै टिप्पणी गरेका थिएनन् । त्यतिबेला कोरोना भाइरसको संक्रमण तीव्ररुपमा बढिरहेको थियो भने, बेलायतले सर्वसाधारणहरुलाई कडा लकडाउनमा राखेको थियो । 

सोही क्रममा आफ्नो रक्सी आफै ल्याउन र सामाजिक दुरी राखेर मौसममा रमाइलो गर्न भन्दै रक्सी पार्टीमा निमन्त्रणा गरिएको भनिएको जोनसनका व्यक्तिगत सेक्रेटरीको इमेलसमेत लिक भएको थियो ।

बुधबार सवालका क्रममा प्रधानमन्त्री जोनसनले पार्टीमा सहभागी भएको स्वीकार गर्दै माफी मागेका छन् । लेबर पार्टीका नेता केयर स्टाररले प्रधानमन्त्रीलाई सडकबाट भागेको मान्छेको दयनीय तमाशा भन्दै राजीनामा दिन आग्रह गरेका छन् ।

यो घटना सार्वजनिक भएसँगै कतिपयले प्रधानमन्त्री र अन्य मन्त्रीहरुको राजीनामा माग गरेका छन् । यसअघि कोरोना नियम तोडेको भन्दै बेलायतका तत्कालीन स्वास्थ्य मन्त्री म्याट ह्यान्ककले राजीनामा दिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ