arrow

उत्तर कोरियामाथि थप प्रतिबन्ध लगाउन अमेरिकाले थाल्यो पहल

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २९ बिहिबार
north korea missile.jpg

काठमाडौं । निरन्तरको मिसाइल प्रक्षेपणलाई लिएर उत्तर कोरियामाथि थप संयुक्त राष्ट्र संघीय प्रतिबन्ध लगाउनका लागि अमेरिकाले पहल गरेको छ ।

सन् २०२१ को सेप्टेम्बर यता संयुक्त राष्ट्र संघको सुरक्षापरिषद्को नियम उल्लंघन गर्दै उत्तर कोरियाले ६ ब्यालिस्टिक मिसाइल प्रक्षेपण गरेको छ ।

यसै विषयलाई लिएर थप प्रतिबन्धको तयारी भइरहेको संयुक्त राष्ट्रका लागि अमेरिकी राजदूत लिन्डा थोमस ग्रीनफिल्डले बताएकी हुन् ।

यसअघि बुधबार अमेरिकाले मिसाइल प्रक्षेपणलाई लिएर ६ उत्तर कोरियाली र दुई रुसी फर्मलाई कालोसूचीमा राखेको छ ।

सन् २००६ यता उत्तर कोरियाली मिसाइल कार्यक्रमलाई लिएर संयुक्त राष्ट्रले विभिन्न प्रतिबन्ध लगाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ