arrow

चीनले चलायो केएफसी बहिष्कार अभियान

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २९ बिहिबार
kfc-china-kfc.jpg

काठमाडौं । चीनले खानाबाट उत्पन्न हुने फोहरलाई बढवा दिएको केएफसी बहिष्कार अभियान चलाएको छ । चाइना कन्ज्युमर्स एसोसिएसन (सीसीए) ले ग्राहकहरूलाई केएफसीको प्रडक्ट खरिदमा नगर्न आह्वान गरेको हो ।

चीनमा पहिलो आउटलेट खोलेको ३५ वर्ष पुगेको अवसरमा केएफसीले गत हप्ता चिनियाँ खेलौना निर्माता पप मार्टसँग मिलेर एक व्यापारिक प्रमोसन अघि सारेको थियो ।

जसअनुसार केही विशेष सामान खरिद गर्दा ग्राहकहरूले ठुला आँखा र गोलो अनुहार भएका डीमो खेलौना पाउने भनिएको थियो ।

उक्त खेलौना पाउनका लागि कतिपय मानिसले सय भन्दा बढी पटक खानाका परिकार किनेको समेत बताइएको छ । यो नीति र कानुन विपरीत गएको भन्दै सीसीएले केएफसीका खाद्य उत्पादन बहिष्कार गर्न आह्वान गरेको हो ।

चीनले सन् २०२० मा खाद्यपदार्थबाट उत्पादन हुने फोहर कटौती गर्ने अभियान समेत चालेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ