arrow

मिनिबस र ट्याक्सी ठोकिएपछि आगो लाग्यो, १७ जनाको मृत्यु

logo
सिन्ह्वा,
प्रकाशित २०७८ पुष २९ बिहिबार
dead2.jpg

जोहानेस्बर्ग । दक्षिण अफ्रिकामा बुधबार भएको एक सवारी दुर्घटनामा परेर कम्तीमा पनि १७ जनाको ज्यान गएको बताइएको छ । यहाँका अधिकारीहरूले दिएको जानकारीअनुसार मिनिबस र ट्याक्सी एक आपसमा जुध्दा भएको दुर्घटनामा परेर १७ जनाको ज्यान गएको छ भने अरू केही घाइते भएका छन् । 

बुधबार भएको सो दुर्घटनामा परेर अरू १२ जना घाइते भएका छन् । ती घाइतेको अवस्था पनि गम्भीर रहेको उनीहरूको भनाई रहेको छ । निकै द्रुत गतिमा ती दुवै सवारी दुई विपरीत बाटोबाट आएका थिए । त्यस क्रममा ठोक्किएका र त्यसपछि सवारीमा आगो लागेको थियो । 

 आगलागीका कारण ती सवारी साधनमा रहेका यात्रुहरु नराम्री जलेका थिए । जलेका कारण शवको पहिचान हुन नसकेको अधिकारीहरूले जनाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ