arrow

गाउँलेको हत्या

logo
एएफपी,
प्रकाशित २०७८ पुष २९ बिहिबार
nigeria.jpeg

नाइजेरिया । बन्दुकधारीहरुले नाइजेरियाको एक अस्थिर राज्यको मुख्य क्रिश्चियन गाउँमा आक्रमण गर्दा कम्तीमा १८ व्यक्तिको मृत्यु भएको छ । साथै २४ ओटा घरहरू जलाएको स्थानीय अधिकारीहरूले  बुधबार जानकारी दिएका छन् । 

पठार राज्यमा मुस्लिम र क्रिश्चियन किसानहरू बीचको वर्षौंदेखि संघर्ष चलिरहेको छ । यद्यपि अधिकारीहरूले प्रायः आपराधिक गिरोहहरुलाई हालैका आक्रमणहरुको लागि दोष लगाउँदै आएका छन् । आक्रमणकारीहरूले मङ्गलबार राति पठारको बासा स्थानीय सरकारी क्षेत्रको आन्चा समुदायमा आक्रमण गरेका  अधिकारीहरुले बताएका छन् । 

“आक्रमणकारीहरु रातको समयमा बन्दुक लिएर गोली हान्दै आएका र केही समयपछि मात्र सुरक्षाकर्मीहरु पुगेका आन्चा निवासी डिक्सन अटाले टेलिफोनमार्फत एएफपी समाचार समितिलाई जानकारी दिएका छन् । “गोलीको आवाज सुनेपछि हामी मध्ये केही झाडीमा भाग्न सफल भयौं र यसरी हामी भाग्यौं।“स्थानीय इरिग्वे समुदायका नेता डेभिडसन मलिसन बताएका छन्।  आक्रमणमा १८ जनाको ज्यान गएको उनले बताएपनि आधिकारिक मृत्युको संख्या भने खुलाएका छैनन् ।  

‘दुई घण्टाभन्दा बढी समयसम्म चलेको आक्रमणमा १८ जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन्,’मलिसनले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ । २४ ओटा भन्दा बढी घरमा आगजनी हुनुका साथै सवारी साधन, मोटरसाइकल र बाली नष्ट भएको उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ