arrow

कोभिड र वृद्ध जनसङ्ख्याले सन् २०२२ मा बेरोजगारी स्थिर गर्ने चिनियाँ प्रयासमा बाधा

logo
एजेन्सी,
प्रकाशित २०७८ पुष २९ बिहिबार
covid-china-economy-2022.jpg

बेइजिङ। कोभिडको तीव्र वृद्धि र ठुलो मात्राको चिनियाँ वृद्धहरूको जनसङ्ख्याले सन् २०२२ मा रोजगारीलाई स्थिर गर्ने चिनियाँ प्रयासमा बाधा हुने देखिएको छ। चीनले कोरोना महामारी नियन्त्रण गरेको भनेर विश्वस्त रहेको अवस्थामा पछिल्लो समय बढेको ओमिक्रोन भेरियन्टको सङ्क्रमणले थप सङ्कट सिर्जना गरेको हो। 

देशले संरचनात्मक बेरोजगारी समाधान गर्दै युवा र नयाँ पुस्तालाई पर्याप्त रोजगारी सिर्जना गरेको सुनिश्चित गर्ने बताएको थियो। तर, त्यसो हुनसक्ने अवस्था भने निकै कमजोर देखिन्छ।  सोसाइटी अफ चाइना एनालिसिस एण्ड फोरकास्ट २०२२, चाइनिज एकेडेमी अफ सोशल साइन्सेजले गत शुक्रवार प्रकाशित वार्षिक प्रतिवेदनमा भने चीनमा बेरोजगारीको सङ्ख्या अझै बढ्ने र चीनले ठुलो सङ्कटको सामना गर्नुपर्ने उल्लेख गरिएको थियो। 

चीनको रोजगारी बजार पूर्व महामारीको स्तरमा आउन बाँकी रहेको साउथ चाइना पोस्टले जनाएको छ। आधिकारिक तथ्याङ्कले यस वर्षको पहिलो ११ महिनामा १२.०७ मिलियन रोजगारी सृजना भएको देखाएको छ, जुन २०१९ को सोही अवधिमा १२.७९ मिलियन थियो। 

चिनियाँ मुख्य भूमिमा पछिल्लो २४ घण्टामा २०० भन्दा बढीमा नयाँ स्थानीय रूपमा सङ्क्रमण देखिएको राष्ट्रिय स्वास्थ्य आयोगले मङ्गलवार आफ्नो दैनिक रिपोर्टमा भनेको छ। नयाँ स्थानीय घटनाहरू मध्ये, २७ शान्सीमा रिपोर्ट गरिएको थियो, र झेजियांग र युनानमा एक एक जना र बाँकी सियानमा सहरमा देखिएको आयोगले जनाएको छ। 

चीनले सियान सहरमा विगत १० दिनदेखि लकडाउन गरिएको छ। लकडाउनले सङ्क्रमण नियन्त्रण नभएपछि थप प्रतिबन्धात्मक नियमहरू जारी गरिएका छन्। जसका कारण स्थानीयहरूको अवस्था निकै कष्टकर बन्दै गएको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ