arrow

यस्तो आयो तालिबानको सत्ता कब्जापछिको पहिलो बजेट

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ३० शुक्रबार
taliban-flag.jpg

काठमाडौं । तालिबानले गत अगस्तमा सत्तापलट गरेपछि पहिलो पटक बजेट सार्वजनिक गरेको छ । तर बजेटमा विदेशी सहयोगबारे केही उल्लेख गरिएको छैन । सरकारले बुधबार सन् २०२२ को पहिलो चौमासिक खर्च ५३ अर्ब ९० करोड अफगानी (५० करोड ८० लाख डलर) अनुमोदन गरेको हो । 

सम्पूर्ण  खर्च सरकारी संस्थाहरुबाट बेहोर्ने जनाएको छ । महिनौंदेखि तलब नपाएका कर्मचारीहरुले जनवरीको अन्त्यदेखि तलब पाउने प्रवक्ता हक्मालले बताए । त्यस्तै, तालिवान सत्तामा आएपछि कार्यलय जान नपाएका महिला कर्मचारीलाई पनि तलब दिइने उनले बताए ।

अफगानिस्तानको कूल ग्राहस्थ उत्पादनमा ४० प्रतिशत अन्तर्राष्ट्रिय सहयोगमा निर्भर रहेको थियो । यसअघि तालिवान सत्तामा आउनुअघिका सरकारले सार्वजनिक गर्ने बजेटको ८० प्रतिशत स्रोत विदेशी सहयोग हुने गथ्र्यो । 

तर, तालिबान सत्तामा आएसँगै पश्चिमा देशहरुले अर्बौं डलर सहयोग रोक्का गरिदिएका छन् । अन्तर्राष्ट्रिय सहयोग रोक्का भएपछि अफगानिस्तानमा आर्थिक संकट चुलिएको राष्ट्रसंघले बताउँदै आएको छ । 

‘पछिल्लो दुई दशकमा पहिलो पटक हामीले विदेशी सहयोगमा निर्भर नहुने गरी बजेट घोषणा गरेका छौं, जुन हाम्रा लागि ठूलो उपलब्धी हो,’ तालिबान सरकारका अर्थमन्त्रालयका प्रवक्ता अहमद वाली हाकमलले भने । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ