arrow

मार्शल आर्टमाथि प्रतिबन्ध

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १३ बिहिबार
afgan-president-house.jpg

काठमाडौँ । अफगानिस्तानको तालिबान सरकारले मिश्रित मार्शल आर्ट (एमएमए) लाई गैर–इस्लामिक भएको विश्वासमा प्रतिबन्ध लगाएको यसको खेल प्राधिकरणले बुधबार बताएको छ । 

खेलको इस्लामिक कानून वा शरियाको पालनाको अनुसन्धानपछि सद्गुणको प्रचार र अवगुणको रोकथामका लागि मन्त्रालयमा अफगानिस्तानको नैतिकता प्रहरीले उक्त आदेश पारित गरेको प्राधिकरण र स्थानीय सञ्चारमाध्यमले बताएका छन् ।

“यो खेल शरियाको सन्दर्भमा समस्याग्रस्त छ र यसमा धेरै पक्ष इस्लामको शिक्षासँग विरोधाभासपूर्ण छन्”, तालिबान सरकारको खेल प्राधिकरणले एएफपीलाई पठाएको विज्ञप्तिमा भनिएको छ, “त्यसैले अफगानिस्तानमा मिश्रित मार्शल आर्टमाथि प्रतिबन्ध लगाउने निर्णय लिइएको छ ।”

खेल प्राधिकरणका एक अधिकारीले स्थानीय सञ्चारमाध्यमलाई बताएअनुसार मार्शल आर्टलाई अत्यन्त हिंसात्मक मानिएको र यसबाट चोट वा मृत्युको खतरा भएकाले एमएमएमाथि आंशिक रूपमा प्रतिबन्ध लगाइएको थियो । 

इस्लामिक कानूनको कडा व्याख्या लागु गर्दै तालिबान अधिकारीहरू सन् २०२१ मा सत्तामा फर्किएका थिए । उनीहरूले हालै नैतिकता कानूनलाई अनुमोदन गरेका छन् । यसमा व्यवहार र पोशाकमा धेरै नियमलाई औपचारिक रूप दिइएको छ । कानूनमा पुरषहरूले घुँडाभन्दा माथि कमिज लगाउन नपाइने व्यवस्था गरिएको छ । 

मार्शल आर्ट अफगानिस्तानमा लोकप्रिय खेल हो । पेरिस खेलमा राष्ट्रिय वा शरणार्थी ओलम्पिक टोलीमा भाग लिने ११ अफगानमध्ये चार जना मार्शल आर्टका खेलाडी थिए । सुरक्षा चिन्ताका कारण एमएमएलाई ओलम्पिक खेलका रूपमा मान्यता दिइएको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ