arrow

जाकोभिचको भिसा रद्द गरेपछि प्रधानमन्त्रीले दिए यस्तो प्रतिक्रिया

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ३० शुक्रबार
Novak Djokovic.jpg

काठमाडौं । सर्वियन टेनिस सुपरस्टार नाभाक जाकोभिचको अस्ट्रेलियाले भिसा रद्द गरेको छ । अध्यागमन मन्त्री एलेक्स हकले जाकोभिचको भिसा रद्द गरेका हुन् । जाकोभिचले कोरोना भाइरसको सङ्क्रमण भएपछि पनि आफूलाई आइसोलेसनमा नराखेको स्वीकारेका थिए । 

प्रधानमन्त्री स्कट मोरिसनले सरकारले नोभाक जोकोभिकको भिसा  शुक्रबार रद्द गरेको  बताएका छन्। उनले कोभिड महामारिको विरुद्ध यो कदम सही रहेको बताएका छन् । "अष्ट्रेलियालीहरूले यस महामारीको समयमा धेरै बलिदानहरू गरेका छन् र उनीहरूले ती बलिदानहरूको नतिजा सुरक्षित हुने आशा गर्दछन्," मोरिसनले एक विज्ञप्तिमा भनेका छन्।

सङ्क्रमण पुष्टि भइसकेपछि पनि एक पत्रकारलाई अन्तर्वार्ता दिनुका साथै जाकोभिचले फोटो सुट समेत गरेका थिए । जाकोभिच गत डिसेम्बर १६ मा कोरोना संक्रमण पुष्टि भएपछि पनि दुई दिनपछि एक अन्तर्वार्तामा सहभागी भएका थिए । 

योसँगै जाकोभिचले सन् २०२२को अस्ट्रेलियन ओपन टेनिस खेल्न नपाउने भउका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ