arrow

दिल्लीका १५ प्रतिशत मात्रै शैय्यामा विरामी भर्ना

logo
एएनआई,
प्रकाशित २०७८ पुष ३० शुक्रबार
india-omicron.jpg

नयाँ दिल्ली । भारतको दिल्ली प्रदेशमा रहेका कूल शैय्यामध्ये अहिले १५ प्रतिशत मात्रै शैय्यामा विरामी भर्ना भएका छन् ।  

अरु ८५ प्रतिशत शैय्या खाली नै रहेकाले शैय्याको अभाव हुन्छ की भनेर चिन्ता लिनु पर्ने अवस्था नरहेको अधिकारीले जनाएका छन् ।

दिल्ली प्रदेशका स्वास्थ्य मन्त्री सत्यन्द्र जैनले प्रदेशभरीमा औसतमा २५ हजार नयाँ सङ्क्रमित थपिने गरेको शुक्रबार जानकारी दिए ।

उनले अघिल्लो दिन दिल्लीमा २८ हजार ८६७ जना नयाँ सङ्क्रमित थपिएको विवरण सार्वजनिक गरे । 

सोही अवधिमा ३१ जनाको कोरोनाभाइरसका कारण निधन भएको पनि उनले बताए । 

त्यसैगरी २८ हजार सङ्क्रमित थपिएको बेला दुई हजार ४२४ जना सङ्क्रमित मात्रै अस्पताल भर्ना भएका थिए । 

दिल्लीका १३ हजारभन्दा बढी शैय्या खाली रहेको मन्त्री जैनले जानकारी दिए ।

उनका अनुसार कोरोनाका कारण मृत्यु भएकामध्ये ७५ प्रतिशतले खोप नलगाएको पाइएको छ । 

खोप लगाएकाहरूको मृत्युदर अत्यन्त कम रहेको पनि उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ