arrow

भारतमा पहिलो पटक कोरोनाका सक्रिय संक्रमित १५ लाख बढी 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २ आइतबार
corona-india17.jpg

काठमाडौं । भारतमा कोरोना भाइरसको महामारीले नयाँ रेकर्ड कायम गर्दै गएको छ । सक्रिय संक्रमित बढेर १५ लाख ४२ हजार पुगेका छन् । यो अहिलेसम्मकै बढी हो ।

पहिलो र दोस्रो लहरको संक्रमणमा पनि यो संख्या पार भएको थिएन । शनिबार २ लाख ६९ हजार ४६ संक्रमित थपिएपछि यो संख्यामा सक्रिय संक्रमित पुगेका हुन् । थप ३०९ जनाको ज्यान गएको छ । अहिलेसम्म ४ लाख ८६ हजार ६१ जनाको ज्यान गएको छ । 

गत जनवरी १ मा कूल सक्रिय सक्रिय संक्रमितको संख्या १ लाख २२ हजार ८०१ रहेको थियो । १५ दिनको अवधिमा यो संख्या १२.५ गुणा बढेको हो । 

भारतमा अहिलेसम्म ३ करोड ७१ लाख २० हजार संक्रमित भइसकेका छन् । जसमा ३ करोड ५० लाख ७६ हजारलाई निको भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ