- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । भारतमा कोरोना भाइरसको महामारीले नयाँ रेकर्ड कायम गर्दै गइरहँदा पाँच चुनावी राज्यमा र्याली गर्न प्रतिबन्ध लगाइएको छ । २२ जनवरीसम्म र्यालीमा प्रतिबन्ध लगाइएको हो ।
उत्तर प्रदेश, पञ्जाबसमेत गरी पाँच राज्यमा र्याली गर्न प्रतिबन्ध लगाइएको हो । उत्तराखण्ड, गोवा र मणिपुरमा प्रतिबन्ध लगाइएको हो । उत्तरप्रदेशमा कोरोनाको बढोत्तरी १५० प्रतिशत पुगेको छ ।
पञ्जाबमा बढोत्तरी ११२ प्रतिशत पुगेको छ । उत्तराखण्डमा १०५ प्रतिशत पुगेको छ । गोवामा ७५.७ प्रतिशत पुगेको छ । मणिपुरमा ५२.६ प्रतिशत पुगेको छ ।
पछिल्लो १५ दिनमा सक्रिय संक्रमितको बढोत्तरी १२४६ प्रतिशत पुगेको छ । सक्रिय संक्रमित बढेर १५ लाख ४२ हजार पुगेका छन् । यो अहिलेसम्मकै बढी हो ।
पहिलो र दोस्रो लहरको संक्रमणमा पनि यो संख्या पार भएको थिएन । शनिबार २ लाख ६९ हजार ४६ संक्रमित थपिएपछि यो संख्यामा सक्रिय संक्रमित पुगेका हुन् । थप ३०९ जनाको ज्यान गएको छ । अहिलेसम्म ४ लाख ८६ हजार ६१ जनाको ज्यान गएको छ ।
गत जनवरी १ मा कूल सक्रिय सक्रिय संक्रमितको संख्या १ लाख २२ हजार ८०१ रहेको थियो । १५ दिनको अवधिमा यो संख्या १२.५ गुणा बढेको हो ।
भारतमा अहिलेसम्म ३ करोड ७१ लाख २० हजार संक्रमित भइसकेका छन् । जसमा ३ करोड ५० लाख ७६ हजारलाई निको भएको छ ।