arrow

जापानमा सुनामी आउन सक्ने खतरा

logo
सिन्ह्वा,
प्रकाशित २०७८ माघ २ आइतबार
tsunami.jpg

टोकियो । जापानको मौसम विज्ञान एजेन्सीले यहाँ सुनामी आउन सक्ने चेतावनीयुत्तः सन्देश जारी गरेको छ । जापानमा शनिवार मध्यराति तिर यो सूचना जारी गरिएको हो । 

टोंगामा ज्वालामुखी विस्फोट भएको थियो । शनिवार त्यहाँ शक्तिशाली ज्वालामुखी विस्फोट भएपछि यहाँ सुनामी आउन सक्ने भन्दै शनिवार मध्यराति यो सूचना जारी गरेको हो ।

दक्षिणी प्यासिफिक टापुको टोंगामा शनिवार विस्फोट भएको ज्वालामुखीपछि जापानको पनि प्यासिफिक क्षेत्रमा यसको खतरा रहेको बताइएको हो ।त्यहाँ सुनामी आउन सक्ने भन्दै समुद्री किनाराका नागरिकलाई उद्धार गरी अन्यत्रै सारिएको छ । साथै यस वरपरका नागरिकलाई सतर्कता अपनाउन पनि आग्रह गरिएको छ ।

जापानको पूर्वी समुद्री किनारामा सुनामीको सङ्केत नै देखिइसकेको यससम्बन्धी अधिकारीहरूले जनाएका छन् । उनीहरूका अनुसार यहाँको अमामी टापु तथा यस वरपरको समुद्री किनारामा पानीको सतह केही माथिसम्म आएको र यसबाट सम्भावित सुनामीको सङ्केत देखिइसकेको बताइएको छ ।
 
जापानको दक्षिण पश्चिमी समुद्री किनाराहरूमा करिब तीन मिटरसम्मको सुनामी आउन सक्ने सो निकायले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ