arrow

काजकिस्तानको दङ्गामा २२५ जनाको मृत्यु

logo
एएनआई,
प्रकाशित २०७८ माघ ३ सोमबार
kazaksthan-protest.PNG

अल्माटी [काजकिस्तान] । काजकिस्तानमा हालैको हिंसात्मक प्रदर्शनका क्रममा सुरक्षाकर्मीहरू सहित कम्तीमा २२५ जनाको मृत्यु भएको पजहवो अफगान समाचारले सोमबार जनाएको छ।

आइतबार सहर प्रहरी विभागका प्रमुख, कानाट तैमेरदेनोभले दिएको जानकारी अनुसार अल्माटी दङ्गाले आक्रान्त भएको केही दिनमा शहरका शव गृहहरूमा सात वटा आक्रमणहरू भएका थिए र दङ्गाकारीहरूले आफ्ना धेरै साथीहरूको शव नियन्त्रणमा लिएका थिए। 

इन्धनको मूल्यवृद्धिको विरोधमा देशको पश्चिम भागमा जनताले र्याली गर्दै व्यापक विरोध प्रदर्शन शुरु गरेका छन्। त्यसपछि अशान्त काजकिस्तानको दक्षिणमा रहेको देशको पूर्व राजधानी अल्माटी लगायत अन्य क्षेत्रहरूमा उक्त अशान्ति फैलिएको थियो। अल्माटीमा जारी विरोध प्रदर्शन हिंसात्मक बनेको थियो।

सरकारले जनवरी १९ सम्म आपत्कालीन अवस्थाको घोषणा गरेको छ।  त्यसरी काजकिस्तानका राष्ट्रपति कासिम-जोमार्ट तोकायेभले काजकिस्तानमा शान्ति सैनिकहरू पठाउने सामूहिक सुरक्षा सन्धि सङ्गठनसँग मद्दतका लागि अनुरोध गरेका थिए । 

उक्त सामूहिक सुरक्षा सन्धि सङ्गठनका शान्ति सैनिक यस हप्ता फिर्ता हुँदै छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ