arrow

भारतका दुई राज्यमा भूकम्पको झड्का 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ४ मंगलबार
earthquake-final.jpeg

काठमाडौं । भारतका दुई राज्यमा भूकम्प गएको छ । पूर्वोत्तरका दुई राज्य मिजोरम र अरुणाचल प्रदेशमा भूकम्प गएको हो । मिजोरममा स्थानीय समयअनुसार बिहान ७ः५२ बजे भूकम्प गएको हो ।

यो भूकम्पको तीव्रता ४.३ रेक्टर स्केलको मापन गरिएको भारतीय राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसको केन्द्र नगेपा इलाकामा ४६ किलोमिटर पूर्वोत्तर दिशामा भएको जनाइएको छ । 

त्यस्तै बिहान करिब ४ः२९ बजे अरुणाचलमा भूकम्प गएको हो । यसको तीव्रता ४.९ रेक्टर स्केल मापन गरिएको छ । यो बसर क्षेत्रको १४८ किलोमितर उत्तर पश्चिम दिशामा जमीनदेखि १० किलोमिटर मात्र गहिराईमा गएको केन्द्रले जनाएको छ । 

अहिलेसम्म हताहतीको खवर नआएको पनि जनाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ