arrow

भुटानको डोक्लाम क्षेत्रमा फेरि पस्यो चीन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ४ मंगलबार
India-China-Doklam-Stanoff-620x400.jpg
तस्बिर– फाइल

काठमाडौं। पाँच वर्षअघि भारतीय र चिनियाँ सैनिक आमने–सामने भएको भुटानको डोक्लाम क्षेत्रमा चिनियाँ सैन्य शक्ति पुनः प्रवेश गरेको आरोप लागेको छ । विभिन्न भारतीय सञ्चारमाध्यमले यस्तो खबर सम्प्रेषण गर्दै आएकोमा पछिल्लोपटक एनडिटिभीले स्याटेलाइट इमेजसमेत सार्वजनिक गर्दै चीनले सीमा क्षेत्रमा एउटा गाउँ नै निर्माण गरेको दाबी गरेको छ ।

‘चीनले डोक्लाम फेस–अफ साइटबाट नौ किलोमिटर टाढा अर्कोतिरबाट सडक निर्माण गतिविधि पुनः शुरु गरेको छ’ एनडिटिभीले समाचारमा उल्लेख गरेको छ । रणनीतिक रूपमा भारतका लागि महत्वपूर्ण मानिएको उक्त क्षेत्रमा भारतीय सैनिक तैनाथ छन् ।

स्याटलाइट तस्बिर सम्बन्धी काम गर्ने इन्टेल ल्याबका प्रमुख जीईओआईएनटी अनुसन्धानकर्ता डेमियन साइमनलाई उद्धृत गर्दै समाचारमा उल्लेख छ, ‘चीन र भुटानबीच विवादित क्षेत्रमा चलिरहेको निर्माण र विकास गतिविधिको अकाट्य प्रमाण स्याटलाइट इमेजहरूले देखाउँदछन् ।’

भुटान र चीनबीच चार दशकभन्दा बढी समयदेखि सीमा वार्ता भइरहेको छ तर अझै टुंगोमा पुगेको छैन । भुटानले आफ्नो एक इन्च भूभाग पनि चीनलाई नदिने स्पष्ट गर्दै आएको छ । भू–रणनीतिज्ञ ब्रह्मा चेलानीले भनेका छन्, ‘चीनले भुटानी क्षेत्रभित्र लगायतका सीमावर्ती गाउँहरूको सैनिकीकरण गर्ने कार्यले भारतीय सुरक्षामा प्रभाव पारेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ