arrow

लिपुलेक हुँदै मानसरोवर यात्रा गराउने विषयमा सरकारको गम्भीर ध्यानाकर्षण

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २१ सोमबार
foreign-ministry-parrastra-mofa.jpg

काठमाडौँ । परराष्ट्र मन्त्रालयले नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनबीच सञ्चालन गर्ने भनिएको कैलाश मानसरोवर यात्राबारे आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। विभिन्न सञ्चारमाध्यममा आएका समाचार र जनचासोप्रति प्रतिक्रिया जनाउँदै मन्त्रालयले नेपालको सार्वभौमिकतासँग जोडिएको यस विषयमा सरकार स्पष्ट र अडिग रहेको बताएको छ।

मन्त्रालयले १८१६ को सुगौली सन्धि बमोजिम महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू-भाग भएको तथ्य पुनः स्मरण गराएको छ। यस विषयमा कुनै अन्योल नरहेको स्पष्ट पार्दै मन्त्रालयले लिपुलेक क्षेत्र हुँदै सञ्चालन गर्न लागिएको यात्राप्रति आफ्नो असहमति भारत र चीन दुवैलाई कूटनीतिक माध्यमबाट जानकारी गराइसकेको उल्लेख गरेको छ।

नेपालको भूभागका बारेमा चीनलाई पनि आधिकारिक रूपमा अवगत गराइएको जानकारी दिँदै मन्त्रालयले ऐतिहासिक सन्धि, प्रमाण र नक्साका आधारमा सीमा समस्या समाधान गर्न नेपाल सधैं कूटनीतिक संवादका लागि प्रतिबद्ध रहेको जनाएको छ। नेपाल र भारतबीचको घनिष्ठ सम्बन्धलाई ध्यानमा राख्दै वार्तामार्फत नै निष्कर्षमा पुग्न सकिने सरकारको विश्वास छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ