arrow

लाओसमा चीन विरोधी भावनामा वृद्धि 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ४ मंगलबार
laos-china.jpg

काठमाडौं । लाओसमा चीन विरोधी भावना बढेको छ । चीनको सांघाईस्थित कम्पनी वाङ फेङ सांघाई रियल स्टेटले विशेष आर्थिक क्षेत्रमा एक सय मिटर अग्लो बुद्धको मूर्ति बनाएपछि चीनविरोधी भावनामा वृद्धि भएको हो ।

पाँच बिलियन डलरमा भियनटाइनस्थित मेकोङ नदीको किनारमा उक्त बुद्धमूर्ति राखिएको छ। लाओसका सञ्चारमाध्यमहरुका अनुसार उक्त बुद्धमूर्तिलाई गलतरुपमा चित्रण गरिएको भन्दै आलोचना शुरु भएको हो ।

सामाजिक सञ्जालहरुमा कम्पनीले बुद्धिस्टहरुको भावनामा चोट पुर्‍याउने काम गरेको भन्दै आलोचना शुरु भएको हो । महायान परम्पराविरुद्ध हुने गरी बुद्धलाई दुई खुट्टा एकआपसमा जोडेर उक्त मूर्ति बनाइएको जनाइएको छ ।

निकै अग्लो उक्त बुद्ध मूर्तिमा सुनको जलप लगाइएको छ। जसलाई लायोटियनको सार्वभौमिकताको प्रतीकको रूपमा चित्रण गरिएको छ। चीनले लायटियन बुद्धप्रति बढी झुकाव राख्न थालेको भन्दै उक्त मूर्ति स्थापना गरिएको हो ।

त्यसैगरी चिनियाँ कम्पनीले १५ वर्षदेखि सुन खानीसम्बन्धी एक परियोजनामा काम गरिरहेको र सन् २०२० सम्म उक्त नदीलाई निकै कुरूप बनाएको पाइएपछि कम्पनीको चर्को विरोध गरिएको थियो। 

उक्त कम्पनीलाई फिर्ता जानसमेत दबाब दिइएको बताइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ