arrow

'भारतमा १२-१४ वर्ष समूहका बालबालिकाका लागि खोपसम्बन्धी निर्णय हुन बाँकी'

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ४ मंगलबार
corona-india-vaccine.jpg

भारत ।  भारतको संघीय स्वास्थ्य मन्त्रालयले १२-१४ वर्ष उमेर समूहका बालबालिकाको लागि कोभिड-१९ खोपसम्बन्धी हालसम्म कुनै निर्णय लिइ नसकिएको अधिकारीहरूले बताएका छन्  ।

मङ्गलबार बालबालिकालाई खोप सुरू गर्ने निर्णय लिइएको हो भन्ने प्रश्नको जवाफमा मन्त्रालयका उच्च अधिकारीहरूले एएनआईसँग भने, “भारतले १५-१८ वर्षको उमेर समूहमा कोभाक्सिन खोपको ३.५ करोडभन्दा बढी पहिलो मात्रा समावेश गरेको हुनाले यस उमेर समूहका लागि खोप अभियानको पहिलो चरण यस महिनाको अन्तसम्म पूरा हुने आशा गरिएको छ । तर, १२-१४ वर्ष उमेर समूहका बालबालिकाको खोप कहिलेदेखि लगाउने भन्नेबारे भने कुनै आधिकारिक निर्णय भइसकेको छैन ।” 

विज्ञहरुका अनुसार १५-१८ वर्ष उमेर समूहका किशोर किशोरीहरू खोप प्रक्रियामा सक्रिय रूपमा सहभागी भइरहेका छन् । 

सोमबार संघका स्वास्थ्य मन्त्री मनसुख मण्डलाले १५ देखि १८ वर्ष उमेर समूहका सबै किशोरकिशोरीलाई सरकारको खोप अभियानमा उल्लेख्य सहभागिता जनाएकोमा उनीहरूलाई धन्यवाद दिनुभएको छ । उनीहरुले कोभिड-१९ खोपको पहिलो मात्रा लगाइसकेका छन् । 

“भारतमा १५-१८ वर्षका ३.५ करोडभन्दा बढी किशोरकिशोरीहरूलाई जनवरी ३ देखि कोभिड-१९ विरूद्धको खोपको पहिलो मात्रा लगाउने निर्णय भएको थियो ।

“खोप लगाएका मेरा सबै युवा साथीहरूलाई बधाई छ,” स्वास्थ्य मन्त्रीले ट्वीटमार्फत् भन्नुभएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले गत डिसेम्बर २५ मा घोषणा गरेपछि देशले २०२२ जनवरी ३ देखि १५-१८ वर्षका बालबालिकालाई खोप लगाउन थालिएको थियो ।

कार्य समूहका अध्यक्ष डा. एनके अरोराले भने, “खोप लगाउने अहिलेको रफ्तार हेर्दा भारतले मार्चमा १२-१४ उमेर समूहका बालबालिकाहरूलाई  कोभिडको खोप लगाउन सुरू गर्नसक्छ ।” 

उनका अनुसार पहिलो खोप लगाउनका लागि योग्य घोषणा गरेको दुई हप्ता पनि नबित्दै १५-१८ वर्षका लगभग ४६ प्रतिशत किशोर-किशोरीहरूले पहिलो मात्रा लगाइसकेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ