arrow

जापानमा अहिलेसम्मकै धेरै संक्रमित

logo
सिन्ह्वा,
प्रकाशित २०७८ माघ ४ मंगलबार
corona-japan-tokyo.jpg

टोकियो । जापानमा कोरोनाभाइरसबाट दैनिक संक्रमितको सङ्ख्या मङ्गलवार सवैभन्दा धेरै देखिएको छ । सरकारी अधिकारीहरूले मङ्गलवार सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा जापानमा ३२ हजार १९७ जना नयाँ संक्रमित भएका छन् ।

यसअघि अघिल्लो बर्षको अगस्टमा एकै दिनमा सबैभन्दा धेरै २५ हजार ९९२ जना संक्रमित भएको सरकारी अधिकारीहरूले जनाएका छन् ।

मङ्गलबार संक्रमित भएको पुष्टि भएका मध्ये टोकियोका मात्रै पाँच हजार १८५ जना रहेका छन् । “टोकियो महानगरभरीमा एकैदिनमा पाँच हजारभन्दा बढी संक्रमित देखिएको पनि पहिलो पटक हो,” एक अधिकारीले भने । 

अघिल्लो मङ्लबार ९६२ जना मात्रै संक्रमित भएकोमा एक हप्तामा पाँच गुणा बढेको अधिकारीहरूले जनाएका छन् । 

पछिल्लो एक हप्तामा महानगरमा मात्रै औसतमा तीन हजार ८५८.६ प्रतिशत संक्रमित भएको देखिएको छ ।

नयाँ संक्रमितमध्ये आधाभन्दा बढी कोरोनाभाइरस विरुद्धको दुवै खोप लगाएका व्यक्ति भएको पनि पाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ