arrow

आम आदमीबाट गोवाको मुख्यमन्त्रीमा अमित पालेकर

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ५ बुधबार
amit palekarg.jpg

कमठमाडौं । आम आदमी पार्टीले गोवाको मुख्यमन्त्रीमा अमित पालेकरलाई उठाएको छ । पार्टीका संयोजक तथा दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले अमित पालेकरलाई मुख्यमन्त्रीमा चयन गरेका हुन् । 

आफ्नो नामको घोषणा गर्दै अरबिन्द केजरीवालले भने 'म यस्तो व्यक्तिलाई सीएमको अनुहार बनाइरहेको छु, जसको मुटुमा गोवा बस्छ। जसले गोवाका सबै जनतालाई साथमा लिनेछन्। चाहे  जुनसुकै धर्म वा जातको होस्  । जसले पढेको छ । जसलाई हामी गोवाको मुख्यमन्त्रीको अनुहार बनाउँछौँ, उनी इमानदार हुनेछन्।' 

पुरानो गोवा बचाउन पालेकरको आमरण अनशनले राज्यमा उनको लोकप्रियता बढाएको थियो। उनले आम आदमी पार्टीलाई कांग्रेस पार्टीको गढ मानिने चिम्बेल, इन्दिरानगरमा पुर्‍याउन सफल भए।

पालेकरको सङ्गठनात्मक क्षमता र राजनीतिमा उनको अनुभवले मुख्यमन्त्री पदको अनुहार बनाएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ