arrow

विश्वव्यापी आतङ्कवाद विस्तारमा पाकिस्तानको भूमिकालाई लिएर प्रश्न

logo
एजेन्सी,
प्रकाशित २०७८ माघ ५ बुधबार
terrorist.jpg
फाइल तस्बिर

इस्लामावाद। मुस्लिम बाहुल्य मुलुक पाकिस्तानले विश्वव्यापी आतङ्कवादलाई बढाउन र विस्तार गर्न भूमिका खेलेको पाइएको छ। अफगानिस्तानमा निर्वाचित सरकारलाई अपदस्थ गर्दै तालिबानलाई सत्तामा पुर्‍याउनका लागि पाकिस्तान सरकार र पाकिस्तानी सेनाले खेलेको भूमिका चर्चामा छ। 

भारत प्रशासित जम्मु र काश्मीरमा अन्य आतङ्कवादी सङ्गठनहरूलाई बाह्रै मास समर्थन गर्ने गरेको कुरा पनि  ओपन सेक्रेट नै रहेको जानकारहरूको भनाइ छ। यससँगै सन् २००१ सेप्टेम्बर ११ मा संयुक्त राज्य अमेरिकामा ट्विन टावरमा भएको आतङ्कवादी हमलाको केन्द्रमा पनि पाकिस्तान नै थियो। यद्यपि पछि पाकिस्तान संयुक्त राज्य अमेरिकाको आतङ्कवाद विरुद्धको युद्धको प्रमुख रणनीतिक साझेदार बन्यो।

आतङ्कवादी हमलाहरू पछि, अफगानिस्तान र भारत प्रशासित जम्मु र काश्मीरप्रति आफ्नो परम्परागत विदेश नीतिमा पूर्ण यू टर्न लिएर, भारी मौद्रिक लाभको लागि अस्थायी रूपमा अन्तर्राष्ट्रिय दबाबमा आएको पाकिस्तानले आतङ्कवादलाई सहयोग गर्न भने जारी राखेको भारतीय पक्ष भन्दै आएको छ। 

पाकिस्तानले अल्पसङ्ख्यक समुदाय सिया, सुफी, अहमदी आदि र कश्मीर केन्द्रित समूहहरूलाई निशाना बनाउँदै आएको आरोप लाग्दो छ। इन्टर सर्भिस इन्टेलिजेन्स (आईएसआईं), पाकिस्तानको शक्तिशाली खुफिया एजेन्सी, सेना र स्वयं धार्मिक विद्वानहरूबिचको अपवित्र गठबन्धनको परिणाम स्वरूप कट्टरपन्थी इस्लामको विशाल वृद्धिले देशको इस्लामिक कट्टरपन्थीलाई बढवा दिने कारक भएको बताइरहेका छन्।

पाकिस्तानभित्रै र पाकिस्तानको सहयोगमा पाकिस्तानबाहिर विभिन्न आतङ्कवादी सङ्गठनहरू सक्रिय रहेका छन्। यी सङ्गठनहरूले तालिबानलाई समर्थन गर्ने, जम्मु काश्मीर कब्जा गर्ने र पाकिस्तानमा पनि शरिया कानुन लागु गर्ने मुख्य उद्देश्य रहेको छ। त्यसै गरी युरोप र अमेरिकालगायतका मुलुकमा पाकिस्तानले अलकायदालाई सहयोग गर्दै काम गरिरहेको तथ्यहरू पनि सार्वजनिक भइरहेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ