arrow

इमरान खानको विरोधमा विपक्षी फेरि एकजुट

logo
एजेन्सी,
प्रकाशित २०७८ माघ ६ बिहिबार
imran-khan-PM.jpg
फाइल तस्बिर

काठमाडौँ। पाकिस्तानी प्रधानमन्त्री इमरान खानको विरोधमा एकपल्ट फेरि विपक्ष एकजुट बन्न थालेको छ। वर्तमान पाकिस्तान सरकारको विरोधमा विपक्षले अविश्वास प्रस्ताव ल्याउने तयारी गरिरहेको छ। यसको निम्ति २५ जनवरीमा पाकिस्तानका प्रमुख दलका नेताहरूको बैठक हुने बताइएको छ।

पाकिस्तानी डेमोक्रेटिक मूभमेन्ट (पीडीएम) का नेता मौलाना फजलुर रहमानले दाबी गरेका छन् की पाकिस्तानका विपक्षी दलहरू वर्तमान सरकारलाई नहटाएसम्म शान्तिले बस्ने छैनन्। उनले सरकारका समर्थक दलहरूलाई पनि राष्ट्रहित र आम मानिसहरूलाई सोचेर इमरान खान सरकारबाट समर्थन फिर्ता लिन अपिल गरेका छन्। 

मौलाना फजलुर रहमान जमीअत उलेमा-ए-इस्लामका प्रमुख पनि हुन्। उनले पाकिस्तान तहरीक-ए-इंसाफ (पीटीआई) को अगुवाईमा रहेको सरकार विरुद्ध सशक्त विरोध गर्नु पाकिस्तानको हितमा आवश्यक बनेको बताए। उनले भने, "पाकिस्तान डेमोक्रेटिक मूभमेन्टले २३ मार्चमा राजधानीको निम्ति ठुलो मार्च सुरु गर्नेछ। जनवरीमा हुने विपक्षीहरूको बैठकमा यस मार्चलाई अन्तिम रूप दिइने छ।" उनले प्रधानमन्त्री इमरान खान र उनको सरकारले एक स्वतन्त्र देशलाई फेरि उपनिवेश बनाउने काम गरिरहेको आरोप लगाएका छन्। सरकारलाई आम मानिसहरूको समस्या र दु:खसित कुनै सरोकार छैन भने यसको निम्ति सशक्त आन्दोलन चलाइने छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ