arrow

२८ जिल्लामा सुकुमवासी आयोग, यसरी गरियो भागबण्डा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ६ बिहिबार
five-party-gathbandhan.jpg
तस्बिर– फाइल

काठमाडौं । सरकारले २८ जिल्लामा राष्ट्रिय भूमि आयोग (सुकुमबासी आयोग) गठन गरेको छ । भूमि व्यवस्था मन्त्रालयका अनुसार सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), तथा जनता समाजवादी पार्टी जसपाको भागबण्डामा २८ जिल्लामा जिल्ला सुकुमवासी आयोगको जिल्ला अध्यक्ष गठन गरिएको हो । 

यसअघि साउनमा सरकारले केशव निरौलाको अध्यक्षतामा केन्द्रमा राष्ट्रिय भूमि आयोग गठन गरेको थिए । जिल्लामा गठन गरिएका आयोगहरु केन्द्रमा गठन गरिएको आयोगको मातहतमा रहने सरकारले बनाएको कार्यविधिमा उल्लेख गरिएको छ । 

भूमि व्यवस्था मन्त्रालय स्रोतका अनुसार अब केही दिनमै सरकारले अरु केही जिल्लामा पनि आयोग गठन गर्ने तयारी गरेको छ । अब तत्कालै उपत्यकाका ३ वटै जिल्लामा आयोग गठन गर्ने तयारी भएको मन्त्रालय स्रोतको भनाइ छ । 

जिल्लामा गठन हुने जिल्ला आयोगको अध्यक्षको सेवा सुविधा सहसचिव सरह र सदस्यहरुको सेवा सुविधा उपसचिव सरह हुने व्यवस्था गरिएको छ । 

सरकारले राष्ट्रिय भूमि आयोग गठन आदेश जारी गरी केन्द्रमा आयोग गठन गरेको थियो । राष्ट्रिय भूमि आयोग गठन हुनुअघि सरकारले देवी ज्ञवालीको अध्यक्षतामा गठन भएको भूमि सम्बन्धी समस्या समाधान आयोग विघटन गरेको थियो ।
 
भूमि व्यवस्था मन्त्रालयले आगामी चुनावअघि सुकुमवासी तथा अव्यवस्थित बसोबासीलाई लालपुर्जा बाँड्न निर्देशन दिएको छ । त्यसअनुसार फास्ट ट्रयाकमा काम भइ भइहरेको आयोगको भनाइ छ । 

यी हुन् जिल्लामा बाँडफाड गरिएका अध्यक्षहरु–



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ