arrow

नेदरल्याण्डमा टिकटकलाई कारबाही, जरिवाना तिर्न टिकटकको इन्कार

logo
एजेन्सी,
प्रकाशित २०७८ माघ ६ बिहिबार
TikTok-logo-720.jpg
फाइल तस्बिर

काठमाडौँ । नेदरल्याण्डको तथ्याङ्क संरक्षण प्राधिकरणले कलिला उमेरको बालबालिकाहरूको गोपनीयता उल्लङ्घन गरेको भन्दै टिकटक विरुद्ध ७ लाख ५० हजार युरो जरिवानाको घोषणा गरेको छ।

नेदरल्याण्डमा तथ्याङ्क संरक्षण प्राधिकरणले भनेको छ, “टिकटकको एप स्थापना सम्बन्धी जानकारी अङ्ग्रेजीमा रहेको र डच बच्चाहरूले यसलाई सजिलै नबुझ्ने भएकाले उनीहरू झुक्किएको बताइएको छ ।”

“टिकटकको व्यवस्थापनले गोपनीयता सम्बन्धी सूचना डच भाषामा नदिएकोले उनीहरूको व्यक्तिगत तथ्याङ्क कसरी एपले सङ्कलन गर्छ भन्ने आवश्यक जानकारी नपाएको देखिएको छ,” डीपीएद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । “यो गोपनीयता कानुनको उल्लङ्घन हो, जुन यो सिद्धान्तमा आधारित छ कि मानिसहरूलाई उनीहरूको व्यक्तिगत तथ्याङ्क के भइरहेको छ भन्ने बारे स्पष्ट जानकारी दिनुपर्दछ,” डीपीएका अधिकारीले भनेका छन् ।

तथ्याङ्क संरक्षणसम्बन्धी अनुगमनकारी संस्थाले नेदरल्याण्ड्समा तीन करोड ५० लाख टिकटक प्रयोगकर्ता रहेको लोकप्रिय सामाजिक सञ्जाल माथि गत वर्ष अनुसन्धान आरम्भ गरेको थियो । यद्यपि डीपीएले तोकेको जरिवाना तिर्न टिकटकले अस्वीकार गरेको छ ।
एएफपीलाई दिइएको बयानमा टिकटकले यसको गोपनीयता नीति र युवा प्रयोगकर्ताहरूको लागि छोटो र बढी पहुँचयोग्य सारांश जुलाई २०२० देखि डच भाषामा उपलब्ध गराएको उल्लेख गरेको छ ।

डच तथ्याङ्क संरक्षण प्राधिकरणले यो कुराको समाधानका लागि यस पहिले नै सहमति गरेको दाबी टिकटकले गरेको छ । ईयूले टिकटकको आक्रामक विज्ञापन विधिप्रति चिन्ता व्यक्त गर्दै यसलाई सम्बोधन गर्नुपर्ने कुरा गत मे महिनामा जनाएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ