पाकिस्तानमा बन्यो ब्लगर गोरयाको हत्या गर्ने योजना, बेलायतमा भयो खुलासा
एजेन्सी,
प्रकाशित २०७८ माघ ७ शुक्रबार
542
Shares
फाइल तस्बिर
इस्लामावाद । निर्वासित ब्लगर र कार्यकर्ता अहमद वकास गोरयाको हत्या गर्ने षड्यन्त्र बनेको बेलायतको एक अदालतमा खुलासा भएको छ। बेलायती पाकिस्तानी ३१ वर्षीय गोहिर खानको मुद्दा चलिरहेको बेला गोरयाको हत्या योजना बनेको बेलायतका स्थानीय मिडियाले रिपोर्ट गरेका छन्।
बिहीबार किंग्स्टन ओन थेम्स क्राउन कोर्टमा मुद्दाको सुनुवाइ सुरु भयो, अभियोजन पक्षले पाकिस्तानी मूलका तर नेदरल्याण्डको रोटरडममा रहेको गोरयाको हत्या गर्ने षड्यन्त्रको विवरण खुलासा गरेको पाकिस्तानी सञ्चारमाध्यम डनले समेत जनाएको छ।
अभियोजन पक्षले खानलाई गोरयाको हत्या गर्न पाकिस्तानमा रहेका व्यक्तिहरूले निर्देशन दिएको खुलेको जनाएको छ। गोरयाको हत्याका लागि पाकिस्तानी अधिकारीले १० हजार पाउण्ड दिने प्रस्ताव गरेकोसमेत खुलेको हो। अभियोजन पक्षले प्रतिवादी महत्त्वपूर्ण ऋणमा रहेको र उक्त लेनदेनहरूलाई भुक्तानी गर्ने कुनै स्पष्ट माध्यम नभएको समयमा आएको अफर स्वीकार गरेको र गोरयाको हत्या गर्न तयार भएको दाबी गरेको छ।
प्रकाशनका अनुसार, अभियोजनले कसरी प्रतिवादीले रोटरडममा यात्रा गर्यो र पीडितलाई पत्ता लगाउन खोज्यो, उसले गोरयालाई मार्न प्रयोग गर्ने चक्कु किन्यो भन्ने सबै कुरा वर्णन गरिएको छ।
पीडितलाई पत्ता लगाउन केही दिनको असफल प्रयास पछि, खानले हार खाए र बेलायत फर्किएकोसमेत बताइएको छ। फर्कने क्रममा उनलाई पक्राउ गरिएको हो। खानलाई कथित रूपमा ब्लगरको तस्बिर र उनको ठेगाना एक बिचौलियाले पठाएको थियो, जसलाई अभियोजन पक्षले मुड्जू, जेड र पापा भनेर चिनाएको थियो।
खान र बिचौलिया बीचको सन्देश आदानप्रदानमा प्रतिवादीले पीडितको बारेमा जानकारी मागेको देखाउँछ।