arrow

साल्ट ट्रेडिङका संस्थापक सञ्चालक मानन्धर रहेनन् 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ७ शुक्रबार
laxmidas-manandhar.jpg

काठमाडौं । पूर्वसांसद एवं साल्ट ट्रेडिङ लिमिटेडका अध्यक्ष लक्ष्मीदास मानन्धरको निधन भएको छ । उनको ९४ वर्षको उमेरमा बिहीबार राति निधन भएको हो । राति सुत्न लागेका बेला बान्ता भएपछि मानन्धरलाई उपचारका लागि ह्याम्स अस्पताल धुम्बाराही लगिएको थियो । 

अस्पताल पुर्याएको केही बेरमा चिकित्सकले उनलाई मृत घोषणा गरेको लिमिटेडका प्रवक्ता ब्रजेश झाले जानकारी दिए । विसं २०२० भदौ २० गते लिमिटेडको स्थापना हुँदा उनी संस्थापक सञ्चालकका रुपमा रहेका थिए ।

लिमिटेडको संस्थापक सञ्चालकमध्ये बिहीबारसम्म उनी एक जना मात्र जीवित थिए । लिमिटेडको स्थापना हुनुअघिदेखि नै मानन्धरले नूनको व्यापार गर्दै आएका थिए । नेपालमा नूनको व्यापार व्यवस्थित गर्न सरकारले लिमिटेडको स्थापना गरेपछि उनी त्यसको संस्थापक सञ्चालक बनेका थिए । 

व्यवसायका साथै उनी नेकपा एमालेको राजनीतिमा पनि सक्रिय थिए । मानन्धरले नेपाल भाषाको सम्वद्र्धनमा पनि काम गरेका थिए । 

मानन्धरको आजै विष्णुमती किनारस्थित इन्द्रायणी मन्दिर परिसरमा धार्मिक विधिअनुसार अन्त्येष्टि गरिने बताइएको छ । अन्त्येष्टि अघि ठहिटीस्थित उनको निवासबाट शवयात्रा गरिने छ । मानन्धरका दुई छोरा र दुई छोरी छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ