arrow

इराकमा भएको आइएस आक्रमणमा ११ सैनिकको मृत्यु

logo
सिन्ह्वा,
प्रकाशित २०७८ माघ ७ शुक्रबार
iraq-security.jpg

बग्दाद । इराकको पूर्वी प्रान्त दियालामा इस्लामिक स्टेट (आइएस) समूहको एउटा कट्टरपन्थी समूहले रातिको समयमा गरेको आक्रमणमा परी कम्तीमा ११ इराकी सैनिकको मृत्यु भएको प्रान्तीय प्रहरीले शुक्रबार जनाएको छ ।

दियालाको प्रान्तीय राजधानी बाकूबाबाट करिब ६० किलोमिटर उत्तरमा रहेको उधिम क्षेत्रस्थित सैनिक शिविरमा मध्यरातमा आक्रमण गर्दा सैनिकतर्फ उक्त क्षति भएको प्रान्तीय सुरक्षा प्रमुख मेजर अला अल–सादीले सिन्ह्वालाई बताए । 

आक्रमणकारीहरूले घटनास्थलबाट भाग्नु अघि एक अधिकृतसहित ११ सैनिक जवानको हत्या गरेका थिए ।

आक्रमणकारीहरूले तापक्रममा आएको उल्लेख्य गिरावटको फाइदा उठाएर सैनिक चौकीमा आक्रमण गर्दा सेनातर्फ धेरै षति हुन पुगेको अल सादीले बताए । 

आक्रमणपछि दियाला प्रान्तका इराकी सुरक्षाबल उच्च सतर्क अवस्थामा राखिएको छ भने दियालाको प्रान्तीय परिचालनको उच्च पदस्थ सुरक्षा अधिकारीहरू घटनाको जाँच गर्न घटनास्थल पुगेका बताइएको छ ।

विगत महिनाहरूमा इराकमा आतंकवादी समूह घोषित आइएसआइएसले उनीहरूबाट यस पहिले सरकारी फौजले नियन्त्रण गरेका प्रान्तहरूमा इराकी सुरक्षा बलविरुद्ध आफ्नो आक्रमणलाई तीव्र बनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ