arrow

बेलायतको संसद्मा चिनियाँ जासुस सक्रिय रहेको बेलायत सुरक्षा सेवाको चेतावनी

logo
एजेन्सी,
प्रकाशित २०७८ माघ ९ आइतबार
uk-parliament_FNL.jpg
फाइल तस्बिर

लन्डन। बेलायती सुरक्षा सेवाले एक सन्दिग्ध चिनियाँ एजेन्ट सांसदभित्र जानीजानी राजनीतिक हस्तक्षेप लगायतको गतिविधिमा संलग्न भएको भन्दै सांसदहरूलाई चेतावनी दिएको छ। हाउस अफ कमन्सका सभामुख लिन्डसे होयलको कार्यालयले सुरक्षा सेवाहरूसँगको परामर्शमा सांसदहरूलाई घटनाबारे बताउन इमेल गरेको पुष्टि गरेको छ।

सभामुखले सदस्यहरूको सुरक्षा र लोकतान्त्रिक प्रक्रियालाई गम्भीरताका साथ लिँदै सुरक्षा सेवाहरूसँग परामर्श गरेर यो सूचना जारी गरेका हुन्। लन्डनस्थित चिनियाँ दूतावासले आरोपहरू अस्वीकार गर्दै कुनै पनि विदेशी संसद्मा प्रभाव पार्न आवश्यक नरहेको जनाउँदै त्यस्तो कहिल्यै नहुने बताएको छ। 

बेलायतमा चिनियाँ समुदायविरुद्ध बदनाम र धम्की दिने चालको दृढतापूर्वक विरोध गर्ने दूतावासले बताएको छ। सुरक्षा सूचनामा सन्दिग्धको नाम क्रिस्टिन ली भनिएको छ र उनी चिनियाँ कम्युनिस्ट पार्टीको संयुक्त मोर्चा कार्य विभागको तर्फबाट जानीजानी राजनीतिक हस्तक्षेप गतिविधिमा संलग्न भएको बताइएको छ। 

पूर्व प्रधानमन्त्री थेरेसा मे, जसको कन्जरभेटिभहरूले रुसी पैसाबाट लाखौँ फाइदा गरेको आरोप लगाइएको छ। लीलाई चीन बेलायत सम्बन्धमा उनको योगदानको कदर गर्न सन् २०१८ मा एक पुरस्कार प्रदान गरिएको थियो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ