arrow

इमरान सरकारको मिनी बजेटले पाकिस्तानलाई थप मृत्युतर्फ धकेल्ने विपक्षीको आरोप

logo
एजेन्सी,
प्रकाशित २०७८ माघ ९ आइतबार
pakistan-flag.jpg
फाइल तस्बिर

इस्लामावाद। पाकिस्तान मुस्लिम लीग नवाजका प्रमुख शाहबाज शरिफले प्रधानमन्त्री इमरान खान नेतृत्वको सरकारले ल्याएको मिनी बजेटले पाकिस्तानीलाई निकै दयनीय मृत्युमा पुर्‍याउने बताएका छन्। प्रधानमन्त्री खानले ल्याएको मिनी बजेटको विधेयकले विभिन्न क्षेत्रहरूमा कर वृद्धि गर्ने प्रस्ताव गरेको छ। उक्त विधेयक बिहीबार पाकिस्तानको संसद्बाट बहुमतले पारित भएको थियो। 

नेशनल एसेम्बलीमा विपक्षी दलका नेता सरिफले प्रधानमन्त्री खानले देशलाई विकासतर्फ लैजाने भन्दै सङ्कटको समयमा मुलुकलाई विनाशतर्फ लैजाने गरी योजना अघि सारेको र गरिबहरूलाई मृत्युको मुखमा धकेल्ने काम गर्ने बताएको द न्यूज इन्टरनेशनलले जनाएको छ। 

पीएमएल–एन नेताले महँगीविरुद्ध जनता सडकमा उत्रिनुपर्ने पनि बताएका छन्। उनले भने, देशलाई आर्थिक सङ्कटबाट बाहिर निकाल्नुपर्छ। मिनी बजेट गरिब जनतालाई दुःखदायी मृत्युतर्फ धकेल्ने बजेट भएकोमा जोड दिँदै शाहबाजले भने, नवाज शरीफको समयलाई सम्झनुहोस्, जब मुद्रास्फीति थिएन, बिजुली सस्तो थियो।

नेताले पाकिस्तान तहरीक ए इन्साफ सरकारलाई पाकिस्तानको इतिहासमा सबैभन्दा अक्षम सरकारको रूपमा पनि व्याख्या गरेका छन्। पाकिस्तानको राष्ट्रिय सभाले बिहीबार विवादास्पद वित्त (पूरक) विधेयक, जसलाई सामान्यतया मिनी बजेट भनेर चिनिन्छ, र स्टेट बैङ्क अफ पाकिस्तान (संशोधन) विधेयक २०२१ लाई विपक्षीहरूको कडा आपत्तिको बीचमा एक घण्टा लामो सत्रमा पारित गरेको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ