arrow

राष्ट्रिय सभामा गठबन्धनलाई जिताउन पाँच दलीय सत्ताधारीहरुको संयुक्त अपील

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ९ आइतबार
gathabandhan baithak.jpg
तस्बिर– फाइल

काठमाडौं । सत्ता गठबन्धनका पाँच दलले माघ १२ गते हुन गइरहेको राष्ट्रिय सभाको निर्वाचनमा गठबन्धनका उम्मदवारलाई विजयी बनाउन संयुक्त अपील जारी गरेका छन् । पाँच दलका शीर्ष नेतारुले आगामी १२ गते हुन गएको राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनबाट संयुक्त रुपमा अघि सारिएका उम्मेदवारहरुलाई विजयी गराएर गठबन्धनलाई अझ मजबुत तुल्याउन र लोकतन्त्र तथा संविधानको सुरक्षा एवं राजनीतिक स्थायित्व सुनिश्चित गर्न अपील गरेका हुन् ।

प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले एक संयुक्त अपील जारी गर्दै गठबन्धनलाई विजयी बनाउन आह्वान गरेका हुन् । 

यसअघि गठबन्धनका दलहरुबीच एमालेले जितेको स्थानीय तहमा भागबण्डा गर्ने तथा यसअघि जुन दलको उम्मेदवार रहेको हो सोही दलबाट उम्मेदवारी दिने सहमति अनुसार उम्मेदवारी दर्ता गरिएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ