arrow

चीनले भियतनाविरुद्ध दोहोर्‍यायो गलवानमा जस्तै ढुङ्गा हान्ने रणनीति

logo
एजेन्सी,
प्रकाशित २०७८ माघ ९ आइतबार
vietnam-flag.jpg
फाइल तस्बिर

बेइजिङ। चिनियाँ सेनाले भियतनामी सेनामाथि सन् २०२० मा भारतीय पक्षसँगको गलवान उपत्यकाको भिडन्तमा जस्तै ढुङ्गा हान्ने रणनीति दोहोर्‍याइएको छ। सन् २०२० मा, चिनियाँ सेनाले गलवान उपत्यकामा ज्यान लिने उद्देश्यले ढुङ्गा, लाठी र अन्य धारिलो औजारले भारतीय पक्षलाई आक्रमण गरेकै रणनीति चिनियाँहरूले भियतनाममा प्रयोग गर्न थालेको छन्।

जनवरी ३ मा ली एन क्वानले जारी गरेको भिडियो ट्विटमा चिनियाँ सेनाले भियतनामी निर्माण कार्यकर्ताहरूलाई ढुङ्गा हाने र निहत्थाहरूलाई दुर्व्यवहार गरेको देखिएको छ। यो हालैको घटना चीनसँग सीमा जोडिएको उत्तरी भियतनामको हागियाङ प्रान्तमा भएको बताइएको छ। गलवान उपत्यकामा चिनियाँ सेनाले यस्तै आक्रमण गरेको थियो। 

यसअघि, वास्तविक नियन्त्रण रेखामा तनाव बढ्दै गएपछि, भारत र चिनियाँ सैन्य कमान्डरहरूले जुन ६, २०२० मा वार्ता गरेका थिए। चीनको पीपुल लिबरेशन आर्मी (पीएलए) सेनाहरू गस्ती पोइन्ट १४ नजिकै गलवान उपत्यकामा थप पछाडि सर्ने भनिएको थियो। डि एस्केलेसन प्रक्रिया चलिरहेको बेला, भारतीय र चिनियाँ सेनाहरू बीच हिंसात्मक झडप भयो जसमा २० भारतीय सैनिकको मृत्यु भयो। 

चिनियाँ पक्षले भारतीय प्रतिनिधिमण्डलसँग चर्को बहसकै क्रममा ज्यान लिने उद्देश्यले ढुङ्गा, लाठी र अन्य धारिलो हतियारले भारतीय पक्षमा आक्रमण गरिएको थियो। घटनाको एक महिना अघि, भारतले पाङ्गोङ त्सोको उत्तरमा एउटा महत्त्वपूर्ण सडक निर्माण परियोजनाको उद्घाटन गरेको थियो। उक्त सडक भारतीय भूभाग भित्र रहेको र चिनियाँ दाबीभन्दा टाढा रहेको हुँदाहुँदै पनि उद्घाटनले चीन आक्रोशित बनेको थियो।

चिनियाँ सेनाले हालै भियतनामी निर्माण मजदुरहरूलाई ढुङ्गा हान्ने र निहत्थाहरूलाई दुर्व्यवहार गरेको यो प्रकरण भारतसँग अख्तियार गरेको  पुरानो रणनीतिको पुनरावृत्ति मात्र रहेको जानकारहरू बताउँछन्। अहिले चिनियाँ सैनिकहरूले भियतनाम चीन सीमामा उत्खनन कार्यमा खटिएका भियतनामीहरूलाई अहिले फेरि ढुङ्गा हान्न थालेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ