arrow

ताइवानमाथि चिनियाँ घुसपैठ बढ्यो, एकै दिन ३९ युद्धविमान पठायो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १० सोमबार
chinese jet militry plane warship in taiwan.jpg

काठमाडौं । चीनले नयाँ वर्ष (सन् २०२२) मा अहिलेसम्मकै बढी ३० युद्धविमान ताइवानतर्फको आकासमा उडाएको छ । आइतबार राति चीनले २४ जे १६ फाइटर जेट र १० जे १० जेट र अन्य सहयोगी र विद्युतीय युद्धपोट ताइवानतर्फ उडाएको हो ।

ताइवानको रक्षा मन्त्रालयले चिनियाँ लडाकु विमान घुसेपछि आफ्नै जेट उडाएको र ती विमानहरुको निगरानी गरेको बताएको छ ।

गत वर्षयता चिनियाँ सेनाले ताइवानको वायु रक्षा क्षेत्रमा आफ्नो विमान उडाउँदै आएको छ । ताइवानले यसको तथ्यांक समेत राख्न सुरु गरेको छ । गत अक्टोबरमा सबैभन्दा बढी ५६ युद्धविमान चिनियाँ सेनाले ताइवानको वायु रक्षा क्षेत्रमाथि उडाएको थियो ।

गृहयुद्धका क्रममा सन् १९४९ मा चीन र ताइवान अलग भएका थिए । तर, चीनले अहिले आएर ताइवानलाई आफ्नो भुमी दाबी गर्न थालेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ