arrow

रुसी अतिक्रमणको प्रतिकार गर्न साढे आठ हजार अमेरिकी सेना तयार

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ११ मंगलबार
us-troops.jpg

काठमाडौं । अमेरिकी रक्ष मन्त्रालय पेन्टागनले साढे ८ हजार सेनालाई उच्च सतर्क अवस्थामा राखेको जनाएको छ । युक्रेनले रुसमाथि हमला गर्नसक्ने आशंकाबीच अमेरिकाले आफ्ना सेनालाई उच्च सर्तकतामा राखेको हो । 

रुसले युक्रेनको सीमा नजिकै विगत एक महिनादेखि एक लाख सेना परिचालन गरेको छ । युक्रेनलाई लिएर अमेरिकी राष्ट्रपति जो बाइडेनले युरोपेका साझेदार देशहरुसँग छलफल गरेका थिए । 

भर्चुअल भिडियो छलफलमा रुसविरुद्ध सामूहिक रणनीति अपनाउने विषयमा कुराकानी भएको थियो । पेन्टानगनका प्रवक्ता जोन कर्बीले रुसी सेना उपस्थिति रहेको क्षेत्रमा तनाव सृजना भएमा आफ्ना सेना त्यस क्षेत्रमा पठाइने बताएका छन् । 

रुसले युक्रेनमा हमला गरेमा अमेरिकी सेनाले जुनसुकै बेला प्रतिकार लिने अमेरिकी रणनीति रहेको विज्ञहरुले बताएका छन् ।

यसअघि रुसले अतिक्रमण गरेर युक्रेनी भूमि क्रिमिया आफ्नो क्षेत्रमा विलय गराउन सफल भएको थियो । 

रुसी अतिक्रमणमणको अन्तराष्ट्रिय समुदायले विरोध गर्दै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ