arrow

भारतमा घट्दै संक्रमित 

logo
एएनआई,
प्रकाशित २०७८ माघ ११ मंगलबार
corona-india-maharastra-2022.jpg

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमित भएकाहरुको सङ्ख्यामा कमी आउन थालेको छ । सरकारी अधिकारीहरुले सार्वजनिक गरेको विवरणअनुसार पछिल्ला केही दिनमा भारतमा दैनिक संक्रमितहरुको सङ्ख्या घट्दै गइरहेको देखिएको हो । 

मंगलबार बिहान सार्वजनिक गरिएको विवरणमा भारतमा थप दुई लाख ५५ हजार ८७४ जना नयाँ संक्रमित भएका छन् ।  अघिल्लो दिन सोमबार विहान सार्वजनिक गरिएको विवरणअनुसार पछिल्लो २४ घण्टामा तीन लाख छ हजार ६४ जना नयाँ संक्रमित भएका थिए । आइतबारको तुलनामा सोमबार दैनिक संक्रमितहरुको  सङ्ख्या २७ हजार ४६९ ले घटेको थियो ।

भारतमा अहिले कोरानाभाइरसबाट संक्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या २२ लाख ३६ हजार ८४२ पुगेको छ ।  पछिल्लो २४ घण्टामा भारतमा दुई लाख ६७ हजार ७५३ जना कोरोनाभाइरसबाट संक्रमणमुक्त भएका छन् । भारतमा अहिले एउटै अवधिमा नयाँ संक्रमितहरुको सङ्ख्या भन्दा संक्रमणमुक्त भएकाहरुको सङ्ख्या बढी देखिएको छ । यसले गर्दा सक्रिय संक्रमितहरुको सङ्ख्या पनि घट्दै गएको छ । 

केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घण्टामा ६१४ जनाको मृत्यु भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ