arrow

दक्षिण कोरियामा अहिलेसम्मकै बढी संक्रमित

logo
सिन्ह्वा,
प्रकाशित २०७८ माघ ११ मंगलबार
corona-south-korea-2020.jpg

सोल । दक्षिण कोरियामा कोरोना भाइरसबाट एक दिनमा ८ हजार जना भन्दा बढी संक्रमित देखिएका छन् । यो संक्रमण सङ्ख्या यहाँ कोरोना भाइरसको महामारी सुरु भए यताकै सबैभन्दा धेरै भएको बताइएको छ । यहाँका स्वास्थ्य अधिकारीहरूले दिएको जानकारीअनुसार यहाँ गएको २४ घण्टामा ८ हजार ५७१ जना संक्रमित थपिएका छन् । यहाँ अहिलेसम्ममा दैनिक संक्रमित भएकामध्ये पछिल्लो २४ घण्टामा संक्रमितको सङ्ख्या सबैभन्दा धेरै देखिएको बताइएको छ ।
 
उनीहरुका अनुसार दक्षिण कोरियामा पछिल्लो २४ घण्टामा यी संक्रमितसहित कोरोना भाइरसबाट संक्रमित भएकाहरूको कुल सङ्ख्या ७ लाख ४९ हजार भन्दा बढी पुगेको छ ।कोरियाली रोग नियन्त्रण केन्द्रले मङ्गलवार सार्वजनिक गरेको विवरणअनुसार दक्षिण कोरियामा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट पनि फैलिएको छ । 
 
यहाँ पछिल्ला दिनहरूमा ओमिक्रोन भेरियन्ट फैलिनुका साथै अस्पताल भर्ना हुनेहरूको सङ्ख्या पनि बढेको छ । यहाँ सबैभन्दा बढी राजधानी सोलमा देखिने गरेका छन् । त्यस्तै बाहिरबाट आएका नागरिकहरूमा संक्रमण देखिने पनि गरेको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ