arrow

पाकिस्तानका जेलहरू भ्रष्टाचार, जबरजस्ती र दुर्व्यवहारको अखडा बन्दै

logo
एजेन्सी,
प्रकाशित २०७८ माघ ११ मंगलबार
imran-khan-pakistan.jpeg

इस्लामावाद। पाकिस्तानका कारागारहरू पनि राजनीतिक दबाब र भ्रष्टाचारबाट मुक्त छैनन्। जसले गर्दा केही कैदीहरूप्रति पक्षपात र विभेदपूर्ण व्यवहार हुने गरेको पाकिस्तानको मानवअधिकार मन्त्रालयले प्रस्तुत गरेको प्रतिवेदनमा भनिएको छ।

प्रतिवेदनअनुसार प्रभावशाली कैदीहरूलाई ठुलो रकमको बदलामा विलासिता र सुविधा दिइने गरेकोले देशका कारागारमा भ्रष्टाचार मौलाएको छ। एमओएचआर अधिकारीहरूले शनिवार जेलहरूको भ्रमण गरे र इस्लामावाद उच्च न्यायालय (आईएचसी) लाई रिपोर्ट दिए। प्रतिवेदनले कारागार प्रशासनलाई मानवअधिकारका सम्बन्धमा तालिम दिनुपर्ने र कडा राजनीतिक दबाबको सामना गर्नुपर्ने सुझाव दिएको छ।

मन्त्रालयका अनुसार इमरान खान नेतृत्वको सरकारको आन्तरिक मन्त्रालयको दबाबमा प्रशासनले पनि मियाँवाली र झेलम जेलबाट कैदीहरूलाई अदियाला जेलमा सार्ने अनुमति दिएको छ। एक कैदीले कारागार प्रशासनलाई पैसा हस्तान्तरण गरेको प्रमाण दिएको उल्लेख छ । कैदीका भाइले एक लाख ४० हजार रुपैयाँ जेल अर्डरली हस्तान्तरण गरेको प्रमाण पनि दिए।

प्रतिवेदनका अनुसार कारागारका अधिकारीहरू मानवअधिकारबारे अनभिज्ञ छन् र जेलरले पनि केही कैदीहरूप्रति पूर्वाग्रह देखाएका छन्। जसका कारण जेलभित्रै पनि द्वन्द्वको अवस्था सिर्जना हुने गरेको प्रतिवेदनमा उल्लेख छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ