arrow

दुई आयोजना जसले मधेस प्रदेशलाई आर्थिक रुपले परिवर्तन गर्न सक्छन् – विश्व पौडेल

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १२ बुधबार
yojana-aayog-bishwa-poudel-team.jpg

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेलले तराईका दुई आयोजनाले मधेस प्रदेशलाई आर्थिक रुपले परिवर्तन गर्न सक्ने बताएका छन् । गत हप्ता मधेस प्रदेशको भ्रमण गरी टिमहरुसँग फर्किएका पौडेलले आज सामाजिक संजाल फेसबुकमार्फत दुई आयोजनाले मधेस प्रदेशलाई आर्थिक रुपले परिवर्तन गर्न सक्ने बताएका हुन् । 

मधेसलाई आत्मनिर्भर बनाउन सक्ने गरी यी दुई आयोजनाहरु आएको पनि उनले उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘गएको हप्ता म सुनकोशी–मरिन डाइभर्जन आयोजना र रौतहट–सर्लाहीमा शुरु हुन प्रस्तावित एक सिचाइ आयोजना हेर्न गएको थिएँ । रु ४५ अर्ब अनुमानित लगानीको सुनकोशी मरिन आयोजनाले सुनकोशीको पानी मरिन खोला हुँदै तराईका धेरै जिल्लामा सिँचाइ गर्न लैजाने छ भने रु २५ अर्बको लागत अनुमान गरिएको अर्को प्रस्तावित ग्राउन्डवाटर सिँचाइ आयोजनाले सर्लाही र रौतहटको विपन्न र सुक्खा गाउँहरुमा सिचाइ सुविधा पुर्‍याउने छ।’

उनले अगाडि लेखेका छन्, ‘दुवै आयोजना सम्पन्न भएपछि र भएका बागमती सिँचाइ, मनुस्वारा सिँचाइ आदिलाई जोडेर हेर्दा केही वर्षपछि मधेसका सम्पूर्ण जमीनमा सिँचाइ सुविधा पुग्नेछ ।’

कुनै एक प्रदेशमा राज्यले सिँचाइमा गर्न लागेको यो सबैभन्दा ठूलो लगानी भएको भन्दै उनले अगाडि लेखेका छन्, ‘विपन्नहरु धेरै रहेको मधेस प्रदेशमा यी आयोजनाहरुले धेरै परिवर्तन ल्याउने आशा राज्यले गरेको छ ।’
 
सुनकोशी मरिन आयोजनामा ११ किलोमिटर लामो सुरुङ बनाइँदैछ । गत चार महिनामा त्यहाँ अत्यधिक रफ्तारमा काम भएको भन्दै उपाध्यक्ष पौडेलले यो कामले उत्साह थपिएको पनि बनाएका छन् । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ