arrow

लुटपाटमा संलग्न चार जना पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १२ बुधबार
pakrau9.jpg

पर्वत । जिल्ला प्रहरी कार्यालय पर्वतले लुटपाटमा संलग्न चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका वडा नं. १ बस्ने सुजिन सुनारसहित चार जना रहेका छन् ।

पक्राउ पर्ने अन्य व्यक्तिमा फलेवास नगरपालिका वडा नं. ५ बस्ने राजन विक किस्मत विक कुश्मा नगरपालिका वडा नं. ३ का साहिल विक छन् ।

प्रहरीका अनुसार पक्राउ परेकाहरूले माघ ७ गते पर्वतको फलेवास नगरपालिका वडा नं. ५ लमायखोला किनारमा फलेवास नगरपालिका वडा नं. ७ लिमिठानाका २८ वर्षीय सम्राट पौडेललाई बेहोस बनाउने औषधि सुँघाएर लुटपाट गरेका थिए । 

उनीहरूले सम्राट चढ्दै आएको ग१३प ४८ नं. अपाची मोटरसाइकल, मोटरसाइकलको सवारी दर्ता प्रमाण पत्र र सवारी चालक अनुमति पत्र, घाँटीमा लगाएको सुनको सिक्री, हातको औँलामा लगाएको सुनको औँठी, कानमा लगाएको सुनको टप, रेड्मी नोट सेभेन प्रोम्याक्स मोबाइल र १५ हजार रुपियाँसहितको पर्स लुटेका थिए ।

सम्राटबाट लुटेको गहना उनीहरूले पोखरा महानगरपालिका वडा नं. १ बस्ने सुजिन सुनारमार्फत पोखरा महानगरपालिका वडा नं. २ मोहोरिया टोलस्थित गहना घरमा बिक्री गरेको प्रहरीले जनाएको छ । 

पक्राउ परेका चारै जनालाई डाँका गर्न नहुने कसुरमा मुद्दा दर्ता गरी पर्वत जिल्ला अदालतबाट पहिलो पटक दिन २० को म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ