arrow

डा भट्टराई पनि संक्रमित 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १२ बुधबार
Baburam-bhattrai-stage.jpg.jpeg
तस्बिर– फाइल

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईलाई कोरोना भाइरस संक्रमण भएको छ । आरटी पीसीआर परीक्षण गराउँदा कोरोना पोजेटिभ रिपोर्ट आएको डा भट्टराईले जानकारी दिए । 

कोरोना संक्रमण पुष्टि भएसँगै उनी आइसोलेसनमा बसेका छन् । सतर्कताका बाबजुद आफूलाई कोरोना संक्रमण भएकाले केही दिन आइसोलेसनमा रहने उनले बताए । 

साथै डा भट्टराईले आफ्नो सम्पर्कमा आएकाहरूलाई सतर्क रहन आग्रह गरेका छन् । यसपालि धेरैजसो शीर्ष नेताहरु संक्रमणको चपेटामा परेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ