arrow

बाटो नदेखी एकै ठाउँ सवारी साधन अड्किदा दुर्घटना

logo
सिन्ह्वा,
प्रकाशित २०७८ माघ १३ बिहिबार
japan11.jpg

टोकियो । बाक्लो कुहिराका कारण टोकियो नजिकैको चिबा प्रिफेक्चरको एउटा एक्सप्रेसवेमा १२ वटा सवारी साधन अड्किदा १९ जना घाइते भएको स्थानीय अधिकारीहरूले बिहीबार जानकारी दिएका छन्।

धेरै सवारी  थुप्रिएर दुर्घटना भएकाले बिहान ८:०० बजे स्थानीय प्रहरीलाई खबर गरिएको थियो ।   प्रत्येक दिशामा एउटै लेन भएको उक्त एक्सप्रेसवेको एक खण्डमा किसराजु शहरको मेट्रोपोलिटन इन्टर-सिटी एक्सप्रेसवेमा दुर्घटना भएको हो।

स्थानीय प्रहरीका अनुसार बाक्लो कुहिराका कारण चालकहरूलाई बाटो देख्न मुस्किल परेको थियो जसले गाडीहरू एकै ठाँउ थुप्रिन पुगे र दुर्घटना हुन पुग्यो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ