बाह्य र आन्तरिक ऋणको चपेटामा पाकिस्तानी अर्थतन्त्र
एजेन्सी,
प्रकाशित २०७८ माघ १४ शुक्रबार
407
Shares
फाइल तस्बिर
इस्लामावाद। अहिले पाकिस्तान ठुलो आर्थिक सङ्कटमा फसेको छ। पाकिस्तान एकातिर बाह्य र आन्तरिक ऋणको भुक्तानी गर्नुपर्ने समयावधिको तनावको सामना गरिरहेको छ भने अर्कोतर्फ मूल्यवृद्धि, पाकिस्तानी रुपीको अवमूल्यन, व्यापार घाटा र अन्य साना तथा ठुला अर्थतन्त्रका प्यारामिटरहरूले पनि राम्रो सङ्केत नदेखाउँदा समस्यामा छ।
पाकिस्तानी सञ्चारमाध्यम इस्लाम खबरका अनुसार पाकिस्तानी प्रधानमन्त्री इमरान खानले यो आर्थिक सङ्कटलाई टार्नका लागि बाह्य सहयोगको सहारा पर्खिरहेका छन्। एकातिर पाकिस्तानमा बढ्दो बाह्य ऋणमा फेरि ऋण थपिँदै जाँदा पाकिस्तानको अर्थतन्त्रकै कारण उसको सार्वभौमिकतामाथि नै प्रश्न उठ्ने अवस्था आउन सक्ने आङ्कलन गरिएको छ।
एकातिर अन्तर्राष्ट्रिय मुद्रा कोषबाट एक्सटेन्डेड फन्ड फेसिलिटीको प्रयोग गरेर पाकिस्तानले केही रकमको अपेक्षा गरिरहेको छ भने अर्कोतर्फ चीनको मुख ताकिरहेको छ। इस्लामावादले पश्चिमाहरूको वर्चस्व रहेको आईएमएफबाट पनि केही रकमको अपेक्षा गरिरहेको र अर्कोतर्फ चिनियाँ रणनीतिक लगानी भित्र्याएर सहायताको खोजी गरिरहेको छ।
पाकिस्तानको कूल गार्हस्थ्य उत्पादनको करिब ३० बिलियन अमेरिकी डलर बराबरको बजेट सन् २०२२/०२३ मा आउने अपेक्षा गरिएको छ।
प्रधानमन्त्री खानले पाकिस्तानका वित्त विभागका अधिकारीहरूलाई मुलुकको अर्थतन्त्रलाई जोगाउन र नागरिकका तत्कालका आवश्यकतालाई पूरा गर्ने गम्भीर योजनाहरू ल्याउन निर्देशन दिएका छन्। एकातिर कोरोना महामारीले थप सङ्कटको सिर्जना गरिरहेको छ। फेरिक आर्थिक गतिविधिहरू ठप्प हुने अवस्थामा पुगेका छन्।