arrow

इरान कतार विश्वकपमा छानियो, दक्षिण कोरिया लाइनमा 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १४ शुक्रबार
world-cup-football-iran-2022.jpg

काठमाडौं । इरान कतारमा यसै वर्ष हुने फिफा विश्वकप फुटबलमा छानिएको छ । गएरातिको खेलमा इराकलाई १–० ले पराजित गर्दै इरान कतार विश्वकपमा छानिने पहिलो एसियाली मुलुक बनेको हो ।  

इरानको जितमा मेधी तारेमीको एकमात्र गोल निर्णायक बन्यो । उनले ४८ औं मिनेटमा निर्णायक गोल गरे । समूह ए को छनोटमा ७ खेलबाट १९ अंकसहित इरान छानिएको हो । 

६ टोली सहभागी उक्त समूहबाट ७ खेलबाट १७ अंकसहित दक्षिण कोरिया छनोट नजिक छ । तेस्रो स्थानको युएईको ९ अंक रहेको छ । युएईको पनि सम्भावना जिवितै छ । 

दुई टोली सीधै छानिँदा तेस्रो स्थानको टिमको सम्भावना रहन्छ । लेबनन ५ अंकसहित चौतो, इराक ४ अंकसहित पाँचौं तथा सिरिया २ अंकसहित पुछारमा छ । 

इरानले समूह ‘ए’ मा सात खेलबाट १९ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ