arrow

अर्जेन्टिना विजयी हुँदा रोकियो ब्रजिल 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १४ शुक्रबार
FKJtRxCX0AEkWh5.jpg

काठमाडौं । यसै वर्ष कतारमा आयोजना हुने फिफा विश्वकप छनोट फुटबलमा अर्जेन्टिना विजयी हुँदा ब्रजिल बराबरीमै रोकिएको छ । विश्वकप छनोटको दक्षिण अमेरिकी समूह अन्तर्गत शुक्रबार बिहान भएको खेलमा अर्जेन्टिनाले चिलीलाई २–१ ले हरायो । 

चिलीको मैदानमा भएको खेलमा एन्जल डी मारियाले १० मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई शुरुआती अग्रता दिलाए । २० औं मिनेटमा बेन डियाजले गोल गर्दै चिलीलाई १–१ को स्थितिमा ल्याए । ३४ औं मिनेटमा लाउटरो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई २–१ ले जिताए । 

तर ब्रजिल भने बराबरीमा रोकिएको छ । शुक्रबार बिहान भएको खेलमा ब्रजिलले इक्वेडरसँग बराबरी खेलेको हो । खेल १–१ गोलको बराबरीमा सकिएको हो । 

खेलको छैटौं मिनेटमा क्यासिमिरोले गोल गर्दै ब्रजिललाई अग्रता दिलाए । १५ औं मिनेटमा एलेक्सजेण्डर डोमिनगुएजले रातो कार्ड पाएपछि इक्वेडर १० खेलाडीमा समेटियो ।

२० औं मिनेटमा इमर्सन रोयलले रातो कार्ड पाएपछि ब्रजिल पनि १० खेलाडीमा समेटियो । 

७५ औं मिनेटमा इक्वेडरका फेलिक्स टोरेसले गोल गरेपछि खेल १–१ को बराबरीमा सकिएको हो । 

यस बराबरीसँगै ब्रजिलले १४ खेलमा ३६ अंक जोडेको छ । त्यस्तै १४ खेलबाटै ३२ अंकको अर्जेन्टिना दोस्रो स्थानमा छ । 

१० टिममध्ये पााच टिम विश्वकपमा छानिने छन् । जसमा ब्रजिल र अर्जेन्टिना छनोट भइसकेका छन् । 

शुक्रबारको अर्को खेलमा उरुग्वेले पाराग्वेलाई १–० ले हरायो । 

समूहमा २४ अंकसहित इक्वेडर तेस्रो, १९ अंकसहित उरुग्वे चौथो, १७ अंकसहित कोलम्बिया र पेरु पाँचौं तथा छैटौं स्थानमा छन् । चिली १६ अंकसहित सातौं, बोलिभिया १५ अंकसहित आठौं, पाराग्वे १३ अंकसहित नवौं तथा भेनेजुएला ७ अंकसहित दशौं स्थानमा छ । 



नयाँ