arrow

'मधेस सरकारले छिट्टै लगानी सम्मेलन गर्ने'

logo
निरंजन कुमार साह,
प्रकाशित २०७८ माघ १४ शुक्रबार
madhesh-sarkar.PNG

जनकपुरधाम। मधेस सरकारले छिट्टै लगानी सम्मेलन गर्ने  मधेस प्रदेशका अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले बताएका छन् । सप्तरी उद्योग बाणिज्य संघको पदस्थापना तथा सपथग्रहण स्मारोह राजविराजमा आयायेजित कार्यक्रममा बोल्दै अर्थमन्त्री साहले निजि क्षेत्रको लगानी आकर्षित गर्न मधेस सरकारले छिट्टै लगानी सम्मेलन आयोजना गर्न लागेको बताए।

अर्थमन्त्री साहले किसानको मलखाद, सिँचाइ लगायतको समस्याबारे मधेश सरकार गम्भीर रुपमा लिएको जानकारी गराए। मधेस प्रदेश सरकारको प्रवक्ता समेत रहेको अर्थमन्त्री साहले रासायनिक मलको अभाव पूर्ति गर्न आगामी दिनमा प्रदेश सरकारले अर्गानिक मलमा किसानलाई ५० देखि ७५ प्रतिशतसम्म अनुदानमा दिने बताए ।

किसानले उत्पादन गरेको खाद्यान सागग्री बजारको उचित मुल्य नपाएर पनि किसान निरास भएको भन्दै अगामि दिनमा किसानको समस्यालाई मधेस सरकाले गम्भीर रुपमा लिएर अगाडी बढने प्रवक्ता साहले प्रतिद्धता व्यक्त गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ