arrow

क्यास्ट्रो होण्डुरसकी पहिलो महिला राष्ट्रपति

logo
एएफपी,
प्रकाशित २०७८ माघ १४ शुक्रबार
casto-women.PNG

तेगुसिगाल्प । वामपन्थी नेतृ सिओमारा क्यास्ट्रोले बिहीबार होन्डुरसको प्रथम महिला राष्ट्रपतिको रुपमा शपथ लिएकी छन् । उनले अपराध र गरिबीको चपेटामा परेको राष्ट्रलाई ‘समाजवादी र लोकतान्त्रिक राज्य’मा सुधार गर्ने वचन दिएकी छन् । 

नेतृत्वका लागि भएको करिब एक हप्ता लामो सङ्घर्षपछि ६२ बर्षीया क्यास्ट्रोले आफ्नो अधिकारलाई चुनौती दिने आफ्नो पार्टीभित्रको मतभेदलाई अन्त्य गर्ने प्रतिवद्धतासहित विशाल समारोहबीच शुक्रबार सपथ लिएकी हुन् । 

टेगुसिगाल्पा राष्ट्रिय रङ्गशालामा आफ्नो पहिलो आधिकारिक सम्बोधनमा क्यास्ट्रोेल होण्डुरसले सामना गरिरहेको सामाजिक तथा आर्थिक दुःखका चर्चा गदै शिक्षा, स्वास्थ्य सेवा, सुरक्षा र रोजगारमा सुधार ल्याउने प्रतिज्ञा गरेकी हुन् । 

उनले आफू देशमा भइरहेका गतिविधिबाट ‘दिक्क’ बनेको तर ‘समाजवाद र प्रजातन्त्र’ को अभ्यास गर्दै देशमा सुधारको अनुभूति हुनेगरी काम गर्ने बताएकी छन् ।

होण्डुरसको सार्वजनिक ऋण करिब १७ अर्ब डलर छ । क्यास्ट्रोलाई न्यायाधीश कार्ला रोमेरोले समक्ष खुवाएका थिए । 

समारोहमा अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस, स्पेनका राजा फेलिप छैठौंलगायतको उपस्थिति रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ