arrow

सम्भावित आतङ्कवादी आक्रमणको त्रासप्रति अमेरिका चिन्तित

logo
एजेन्सी,
प्रकाशित २०७८ माघ १७ सोमबार
us-army-afghanistan.jpg
फाइल तस्बिर

वासिङ्टन। संयुक्त राज्य अमेरिकाको गुप्तचर निकाय अफगानिस्तानमा रहेको आतङ्कवादी समूहले गर्न सक्ने सम्भावित आक्रमणको त्रासबाट चिन्तित रहेको छ। अमेरिकी खुफिया एजेन्सीले ६ महिनादेखि एक वर्षसम्मको अवधिमा अफगानिस्तानमा रहेको आतङ्कवादी समूहले आक्रमण गर्न सक्ने पूर्वानुमान गरेको छ। 

अमेरिकी खुफिया एजेन्सीले इस्लामिक स्टेट अफ इराक र सिरिया खोरासनले सन् २०२२ को ६ महिनामा आतङ्कवादी आक्रमण गर्न सक्ने बताएको छ। त्यसको एक वर्ष अथवा केही बढी समयमा अलकायदाले पनि आक्रमण गर्न सक्ने जनाइएको छ। 

अमेरिकी रक्षा मन्त्रालयका नीति प्रमुख कोलिन काहलले अमेरिकी सांसदहरूलाई सन् २०२१ को अक्टोबरदेखि यसबारे जानकारी गराउँदै आएका छन्। उनले यसबारे जानकारी गराएको भए पनि उनले गोप्य सूचना तथा जानकारीहरू भने दिएका छैनन्।

इस्लामिक स्टेट खोरासनसँग करिब तीन हजार लडाकुहरू अफगानिस्तानमा रहेका छन्। उनीहरू गत अगस्टदेखि नै आक्रमणको मुडमा रहेका छन्। उनीहरूले काबुल विमानस्थलबाहिर एक आत्मघाती बम आक्रमण गराएका थिए। जसमा १३ अमेरिकी सेना मारिएका थिए।

उनीहरूले अफगानिस्तानलाई आधार बनाएर अमेरिकालाई आक्रमण गर्न सक्ने योजना बनाएकोसमेत खुफिया एजेन्सीले जनाएको छ। अमेरिकी खुफिया एजेन्सीले उक्त आतङ्कवादी समूहलाई निस्तेज पार्ने योजना बनाइरहेको छ। तालिबान आफै पनि इस्लामिक स्टेट खोरासनसँग लडिरहेको छ।



नयाँ